काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीको जिम्मेवारी फेरबदल गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट समेत निर्देशन आएको सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले बताएका छन्।
मन्त्रिपरिषद् बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै मन्त्री पोखरेलले बदलिँदो परिस्थितिमा संवेदनशील विषयमा सरकारले आवश्यक निर्णय गर्नुपर्ने भन्दै पार्टीबाट निर्देशन आएको खुलासा गरेका हुन्।
‘धेरै ठाउँबाट अहिले बदलिँदो परिस्थिति छ । संवेदनशील विषयमा सरकारले केही गर्नुप¥यो भन्ने पार्टीबाट निर्देशन आएको थियो,’ उनले भने।
मन्त्री पोखरेलले कार्कीलाई कारबाही नगरिएको दाबी गर्दै उनको जिम्मेवारी मात्रै परिवर्तन गरिएको स्पष्ट पारे। कार्कीलाई प्रधानमन्त्री कार्यालयमा विशेष सुरक्षा सल्लाहकारका रूपमा नियुक्त गरिएको उनको भनाइ छ।
‘उहाँलाई कारबाही गरिएको होइन, उहाँको जिम्मेवारी फेरबदल भएको हो। उहाँको भूमिका अब प्रधानमन्त्रीलाई सल्लाह सुझाव दिने हो,’ मन्त्री पोखरेलले भने।
मन्त्रिपरिषद् बैठकले एआईजी डा. मनोज केसीलाई नेपाल प्रहरीको नयाँ महानिरीक्षक नियुक्त गर्ने निर्णयसमेत गरेको छ।







प्रतिक्रिया