२०८३, ८ कार्तिक आईतबार

प्रदेश नं ३ को नाम नेवा–ताम्सालिङ र राजधानी काभ्रे माग गर्दै काठमाडौँमा प्रर्दशन

प्रदेश नं ३ को नाम नेवा–ताम्सालिङ र राजधानी काभ्रे माग गर्दै काठमाडौँमा प्रर्दशन


काठमाडौँ, १४ असोज: प्रदेश नं. ३ को नाम नेवा–ताम्सालिङ र स्थायी राजधानी काभ्रे राख्न माग गर्दै आज काठमाडौँमा प्रर्दशन भएको छ । नेवा–ताम्सालिङ समन्वय समितिको अगुवाइमा माइतीघर मण्डलमा सो प्रदर्शन भएको हो । प्रदेश नं ३ नेवा र तामाङको थातथलो तथा बाहुल्यता रहेकाले सोही अनुसार नामकरण हुनुपर्ने माग राख्दै समितिले शान्तिपूर्ण प्रदर्शन गरिएको छ ।

यसबाट द्वन्द्व पनि मेटिने र पहिचान पनि भेटिने विश्वास समितिको छ । प्रशासनिक सुगमता, जनताको सहज पहुँच, केन्द्रीय राजधानीको सामिप्यता, भौतिक पूर्वाधारको अवस्था, पूर्व–पश्चिम तथा उत्तर–दक्षिण सडक राजमार्गसँगको सम्बन्ध र विकासको सम्भाव्यताका आधारमा प्रदेश नं. ३ को राजधानी धुलिखेल, बनेपा र पनैती नगरपालिकालाई मिलाएर काभ्रेमा राख्न उपयुक्त हुने माग समितिको छ । प्रदर्शनपछि आयोजित कोणसभामा नेकपाका केन्द्रीय सदस्य परशुराम तामाङले शान्तिपूर्ण आन्दोलनबाट माग पूरा नभए कडा कदम चाल्ने चेतावनी दिनुभयो ।

प्रकाशित मिति : २०७५, १४ आश्विन आईतबार  १० : ०० बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना