२०८३, ३० असार बुधबार

अवरुद्ध बेंसीशहर–चामे सडकखण्ड आधा महीना बितिसक्दा पनि अझै खुलेन

अवरुद्ध बेंसीशहर–चामे सडकखण्ड आधा महीना बितिसक्दा पनि अझै खुलेन


बेंसीशहर, १३ असोज : हिमालपारीको जिल्ला मनाङ जोड्ने सडक आधा महीना बितिसक्दा सञ्चालनमा आउन सकेको छैन । गत भदौ २७ गते हरितालिका तीजको दिन मस्र्याङ्दी गाउँपालिकामा परेको वर्षाका कारण उक्त सडकखण्ड अवरुद्ध भएको थियो । लमजुङ खण्डका विभिन्न स्थानमा चट्टानसहितको पहिरो खसेपछि १८ दिनयता सडक अवरुद्ध भएको छ ।

लमजुङ खण्डको २५ किलोमिटर सडक अवरुद्ध भएकामा हाल बेंसीशहरदेखि मनाङतर्फ मस्र्याङ्दी गाउँपालिका–३, अर्खलेबेंशीसम्म र मनाङबाट लमजुङतर्फ मस्र्याङ्दी गाउँपालिका–४ रामबजारसम्मको बाटोमा यातायात सञ्चालन भएको छ । सडकखण्ड अवरुद्ध हुँदा मनाङ साथै उत्तरी भेगका घेर्मु, ताघ्रीङलगायतका स्थानीय बासिन्दाले समस्या भोग्नुपरेको छ । मस्र्याङ्दी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले सडक नखुल्दा घेर्मु, ताघ्रीङ साथै मनाङतर्फ खाद्यान्नलगायत ढुवानी ठप्प भएको बताउनुभयो ।

मस्र्याङ्दी गाउँपालिका–४ का वडा अध्यक्ष सुमन गुरुङले चाडपर्व नजिकै आउँदा बाटो अवरुद्ध हुँदा स्थानीय बासिन्दाले सास्ती बेहोर्नुपरेको बताउनुभयो । “चाडपर्वका बेला सामान बोकेर ल्याउनुपरेको छ । पुरानो बाटो घुमाउरो छ, गाउँमा सडक आएपछि पुरानो बाटोबाट कोही हिँड्दैनन्”, उहाँले भन्नुभयो । अवरुद्ध सडक खोल्न विष्फोटक पदार्थ आवश्यक पर्ने भएकाले जेनेरेटरसहित कम्प्रेसर मेशिन व्यवस्था गरिएको प्रमुख जिल्ला अधिकारी झम्कनाथ ढकालले बताउनुभयो । “बाटो खुलाउन हामी अहोरात्र खटिएका छौँ”, उहाँले भन्नुभयो, “हामी छिट्टै अवरुद्ध सडक खुलाउछौँ ।” सडक डिभिजन कार्यालय दमौलीको सहयोगमा खरखरे, खुदी र भुलभुलेतर्फका पहिरो हटाइ सकिएको छ ।

माथिल्लो क्षेत्रमा बुटवल पावर कम्पनीद्वारा प्रवद्र्धित विद्युत् आयोजनाको मेशिन प्रयोग गरी रामबजारबाट घोप्टेभिर अर्खलेतर्फको अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको उहाँले जानकारी दिनुभयो । चट्टान विष्फोटन गराउनका लागि नेपाली सेना, नेपाल प्रहरी, डिभिजन सडक कार्यालयका कर्मचारी र विद्युत् आयोजनाका कर्मचारी खटिएका छन् । बाढी पहिरोपछि बेंशीशहर–चामे सडकखण्डमा चल्ने मालवाहक ट्रक, जीप र ट्र्याक्टर बीच बाटोमै रोकिएका छन् । बेंशीशहरतर्फको अर्खलेभिर र मनाङतर्फको घोप्टेभिरका बीचमा पर्ने काभ्रेभिरमा सवारी साधन रोकिएको प्रहरी नायब उपरीक्षक यादव ढकालले जानकारी दिनुभयो ।
-रासस

प्रकाशित मिति : २०७५, १३ आश्विन शनिबार  ९ : २८ बजे

नेपाल वायुसेवा निगममा नयाँ कार्यकारी नेतृत्व, महेश्वरभक्त श्रेष्ठलाई दोहोरो जिम्मेवारी

काठमाडौं । नेपाल वायुसेवा निगम (नेवानी) ले नयाँ कार्यकारी नेतृत्व

गणेश प्रकरणपछि सडकमा फर्कियो महानगर प्रहरी, ‘सेवा रोकिँदैन’ भन्दै एसएसपी जोशीको सन्देश

काठमाडौं । गणेश नेपालीको मृत्यु प्रकरणपछि केही दिन सडकबाट लगभग

सरकारी विज्ञापनमा एकाधिकार असंवैधानिक, सर्वोच्चले सरकारको निर्णय बदर गर्‍यो

काठमाडौं । सर्वोच्च अदालतले सरकारी विज्ञापन सरकारी स्वामित्वका सञ्चारमाध्यममा मात्रै

सरकारको कर्मचारी कटौती नीति विरुद्ध विद्रोह, अर्थ मन्त्रालय घेराउ

काठमाडौं । अस्थायी र करारका कर्मचारी हटाउने सरकारको तयारीविरुद्ध आन्दोलन

प्रतिनिधिसभाबाट दुई विधेयक समितिमा, दफावार छलफल अघि बढ्ने

काठमाडौ । प्रतिनिधिसभाले दुई महत्वपूर्ण विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित