२०८३, १५ जेष्ठ शनिबार

तपाइले यस्तो १० सपना देख्नु भएको छ ? जसले मृत्युको संकेत गर्छ

तपाइले यस्तो १० सपना देख्नु भएको छ ? जसले मृत्युको संकेत गर्छ


सपनाको भबिष्यबाणीमा कतिको बिश्वास गर्नु हुन्छ रु यसमा कतिपयलाई बिश्वास लाग्ला त कतिपयलाई बिश्वास नलाग्ला तर यो सबैको चियो र चासोको बिषय बन्ने गरेको छ । त्यसो त कस्तो सपना देख्दा कस्तो फल प्राप्त हुन्छ भन्ने बिषयमा बिभिन्न धारणाहरु रहेका छन् । यहाँ हामी तपाईलाई यस्तो १० सपनाको बारेमा जानकारी दिदैछौ जसले मृत्युलाई संकेत गर्दछ । के कस्तो सपना देखिए मृत्युको खबर प्राप्त हुने अथवा मृत्यु हुन् सक्छ त रु

दाँत झर्नु  : सपनामा दाँत झरेको देखेमा कोही नजिकको मानिसको मृत्यु हुन्छ भन्ने विश्वास गरिन्छ। तर दाँत दुखेको समयमा सुतेको बेला पनि यस्ता सपना देखिने हुन्छ।

एक्लै पिउनु : सपनामा एक्लै बसेर पिउदै गरेको देखिन्छ भने मृत्यु नजिक आउदैछ भन्ने बुझिन्छ ।

सर्प : अर्थ लागाउन गाह्रो संकेत हो सर्प। फरक( फरक संस्कृति अनुसार फरक फरक नै धारणा छ सर्पको बारेमा। भयानक डरको संकेत देखि ज्ञान र शान्तिको पनि अर्थ लगाइन्छ सर्पलाइ लिएर।

कालो चरालाइ ‘मृत्युको जानकार’ पनि भनिन्छ। जहाँ मानिस मरेका हुन्छन् त्यहाँ कालो रंगको चरा वा कागहरु देखिने गर्छन् ।

कालो बिरालो

सदियौं देखि कालो बिरालोलाइ रहस्य र कालो जादुको प्रतिकको रुपमा लिइन्छ। कालो बिरालो सपनामा देख्नाले असुरक्षा बढ्ने बुझिन्छ। कुनै थाह नभएको कुराबाट तपाइमा डर पैदा हुदैछ भन्ने पनि बुझिन्छ। नराम्रो साइतको जानकारी पनि दिन्छ यस्तो सपनाले।

नाचगान : सपनामा खुसी हुदै नाच्ने गाउने देखिन्छ भने सपना देख्ने मानिसको हत्या हुन्छ भनि विश्वास गरिन्छ । कोहि मानिसले सपनामा शरिरमा तेल लगाइ गधा चढेर हिडेको देख्छ भने उस्को तत्काल मृत्यु हुन्छ।

डुब्न लागेको मानिसलाइ बचाउदा : सपनामा डुब्न लागेको मानिसलाइ बचाउदा, पानीमा हुने आत्माहरुले सजाय स्वरुप बचाउनेलाइ मृत्युको सजाय दिने मान्यता चलिआएको छ।

कालो रंग : कालो रंगको अर्थ हुन्छ, थाह नभएको, अचेतन, खतरा, रहस्य, अन्धकार, मृत्यु, शोक, तिरस्कार, घृणा वा द्वेष। यो रंगले तपाइला‍इ तपाइको अचेतनमा हेर्नको लागि उक्साइरहेको हुन्छ, तपाइलाइ आफ्नो बारेमा बुझ्न डाकिरहेको छ कालो रंगले। प्रेमको कमीलाइ पनि जनाउँछ, अनि सहयोग गर्नेहरुको कमी भएको जानकारी दिन्छ। साथै यसले सफा अनि खालीकुरा लाइ पनि जनाउँछ। तपाइमा केही सम्भावना लुकेर बसेको छ साथै केही अवसरहरु आउन बाकीँ नै छ भन्ने पनि जनाउँछ।

यात्राको योजना : यदि सपनामा कुनै ठाँउमा जान योजना गर्दै हुनुहुन्छ वा कतै जान नै लाग्नुभएको छ भने विपनामा तत्कालै त्यो ठाँउमा जान नहुने विश्वास गरिन्छ। यस्तो सपनाले मृत्युलाइ संकेत गर्ने मानिन्छ।

दोहोरिने सपना : कुनै सपना दोहोरिन्छ वा उस्तै प्रकृतिको सपना बारम्बार आइरहन्छ भने त्यस्तो सपनालाइ बेवास्ता गर्न नहुने बताइन्छ।

बच्चाको स्याहार : सपनामा कुनै बच्चालाइ स्याहार गर्दै हुनुहुन्छ अनि बच्चा रुन पुग्यो भने कि सपना देख्नेको मृत्यु हुन्छ कि त कोही अत्यन्त नजिकको मानिसको मृत्यु हुन्छ ।

प्रकाशित मिति : २०७५, ११ आश्विन बिहीबार  ४ : ४१ बजे

सशस्त्र प्रहरी बल नं. ४० रिजर्भ गणको रजत महोत्सव भव्य रूपमा सम्पन्न

बारा । सशस्त्र प्रहरी बल, नेपाल नं. ४० रिजर्भ गण,

गणतन्त्र दिवसमा राष्ट्रपति पौडेलको विशेष सम्बोधन: “गणतन्त्र आचरण र सुशासनको पद्धति हो”

काठमाडौं । १९औँ गणतन्त्र दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजित

टुँडीखेलमा गणतन्त्र दिवसको भव्य समारोह, राष्ट्रपतिदेखि विशिष्ट व्यक्तित्वसम्मको सहभागिता

काठमाडौं । गणतन्त्र दिवसको अवसरमा राजधानी काठमाडौंसहित देशका विभिन्न स्थानमा विशेष

गणतन्त्र दिवस मनाइँदै, टुँडिखेलमा विशेष समारोह

काठमाडौं । नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको १८ वर्ष

नेपाली चलचित्र अब चीनतर्फ : एभरेस्ट फिल्म फेस्टिभलको नयाँ पहल

काठमाडौं । नेपाली चलचित्र उद्योगलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्ने दिशामा महत्वपूर्ण