२०८३, २२ भाद्र मंगलबार

दमौलीमा एक प्रतिशत लाभग्राहीले बुझे तेस्रो किस्ता

दमौलीमा एक प्रतिशत लाभग्राहीले बुझे तेस्रो किस्ता


दमौली, ११ असोज भूकम्पबाट घर क्षति भएका तनहुँका १ दशमलव १ प्रतिशत लाभग्राहीले तेस्रो किस्ता वापतको रकम बुझेका छन् ।भूकम्पबाट घर क्षति भएका तनहुँका १३ हजार ८२१ मध्ये १६१ लाभग्राहीले मात्रै तेस्रो किस्ताको रकम बुझेको राष्ट्रिय पुनः निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाई तनहुँले जनाएको छ ।

तेस्रो किस्ताको रकम वितरणका लागि रु एक करोड ६१ लाख निकासा भएको एकाईका नायव सुब्बा रामहरि खनालले जानकारी दिनुभयो । १३ हजार ४४ लाभग्राहीले पहिलो र तीन हजार ८४४ लाभग्राहीले दोस्रो किस्ताको रकम बुझेको उहाँले बताउनुभयो ।

तेस्रो किस्ताको रकम बुझ्नेमा भानु नगरपालिका आठ, शुक्लागण्डकी नगरपालिका १०, बन्दीपुर गाउँपालिका पाँच, आँबुखैरेनी गाउँपालिका ६६, घिरिङ गाउँपालिका १४, म्याग्दे गाउँपालिका ३० र रिसिङ गाउँपालिकाका २८ लाभग्राही छन् ।

व्यास नगरपालिका, भिमाद नगरपालिका र देवघाट गाउँपालिकाका कुनै पनि लाभग्राहीले तेस्रो किस्ताको रकम बुझेका छैनन् । सरकारले भूकम्प पीडितलाई आवास निर्माण गर्न तीन किस्तामा रु तीन लाख अनुदान दिनेछ । पहिलो किस्तामा पीडितलाई रु ५० हजार, दोस्रो किस्तामा एक लाख ५० हजार र तेस्रो किस्तामा एक लाख गरी रु तीन लाख पीडितलाई प्रदान गरिनेछ ।

तनहुँमा एक वर्ष ढिला गरी पुनः निर्माणको कार्य शुरु भएकाले तेस्रो किस्ता बापतको रकम लिनेको सङ्ख्या न्यून रहेको बताइएको छ ।

प्रकाशित मिति : २०७५, ११ आश्विन बिहीबार  २ : ५७ बजे

प्रवासी नेपाली मञ्च युरोपको नेतृत्वमा शालिक थपलिया, यस्तो बन्यो नयाँ टिम

प्रवासी नेपाली मञ्च युरोपको पहिलो अधिवेशन सम्पन्न, उपाध्यक्षमा विनोद न्यौपाने

नबिल बैंकका शेयरधनीलाई १५.८० प्रतिशत लाभांश, बोनसले बढाउँदैछ पुँजी

काठमाडौं । नबिल बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को वितरणयोग्य

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर

भोटेकोशी बाढीका मृतकको सम्मानमा आज राष्ट्रिय शोक, झण्डा आधा झुकाइने

काठमाडौं,। रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएकाहरूको