२०८३, ५ मंसिर शनिबार

भारत भ्रमणमा राष्ट्रिय हितलाई केन्द्रमा राख्न प्रचण्डको आग्रह

भारत भ्रमणमा राष्ट्रिय हितलाई केन्द्रमा राख्न प्रचण्डको आग्रह


काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री बालेन्द्र शाहलाई भारत भ्रमणका क्रममा नेपालको राष्ट्रिय हितलाई प्राथमिकतामा राख्न आग्रह गरेका छन्।

नेपाल न्यूज बैंकसँगको कुराकानीमा प्रचण्डले आफ्नो प्रधानमन्त्रीत्वकालमा भारतसँग अघि बढाइएका पञ्चेश्वर बहुउद्देश्यीय परियोजना, त्रिदेशीय विद्युत् व्यापार र कृषि क्षेत्रका सहमति तथा समझदारीलाई निष्कर्षमा पुर्‍याउन सुझाव दिए।

उनले पञ्चेश्वर परियोजना हस्ताक्षरको चरणसम्म पुगेको स्मरण गर्दै त्यसलाई कार्यान्वयनमा लैजान सके नेपाल र भारत दुवैका लागि ऐतिहासिक उपलब्धि हुने बताए। विद्युत् व्यापारसम्बन्धी त्रिदेशीय सहमति र कृषि विकासका समझदारीलाई पनि अघि बढाउनुपर्ने उनको भनाइ छ।

प्रचण्डले प्रधानमन्त्रीले पूर्वप्रधानमन्त्रीहरूसँग अनुभव र सुझाव लिनुपर्ने उल्लेख गर्दै त्यसो हुन नसकेकोप्रति असन्तुष्टि जनाए। प्रधानमन्त्रीले आफूलाई के ठान्नुभएको छ भन्ने कुरा नेपाली जनताले हेरिरहेको उनको टिप्पणी थियो।

प्रधानमन्त्रीले राष्ट्रिय हितअनुकूल काम गरे आफ्नो साथ र सहयोग रहने तथा गलत निर्णय गरे आलोचना गर्ने प्रचण्डले स्पष्ट पारे। ‘राम्रो गर्नुस्, हाम्रो सहयोग हुन्छ भनेकै हो। अहिले पनि राम्रो गर्नुभयो भने राम्रोमा हाम्रो साथ नै हुन्छ,’ उनले भने।

प्रकाशित मिति : २०८३, ५ मंसिर शनिबार  ५ : १८ बजे

नेशनल भोलिन्टियर फोर्स देशव्यापी विस्तार गर्न ओलीको निर्देशन

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

विस्तृत शान्ति सम्झौताको २० वर्षः संक्रमणकालीन न्याय अझै अधुरो, पीडितले पाएनन् न्याय

काठमाडौं । विस्तृत शान्ति सम्झौता भएको दुई दशक पुग्दा पनि

सात दिनभित्र विश्वासको मत लिने मुख्यमन्त्री यादवको घोषणा

जनकपुरधाम । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले सात दिनभित्र

विश्व टेलिभिजन दिवस : सूचना, चेतना र विश्वलाई जोड्ने माध्यम

काठमाडौं ।  मेरो सम्झनामा टेलिभिजन एक प्रकारको राम्रो दृश्य मात्र

दैलेखमा बञ्चरो प्रहारबाट श्रीमतीसहित तीनको मृत्यु, एक बालक घाइते

सुर्खेत । दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–३ पानीखोलामा श्रीमानले बञ्चरो प्रहार