२०८२, २९ पुस मंगलबार

अस्पतालका फोहोर पानी सिधै ढलमा

अस्पतालका फोहोर पानी सिधै ढलमा


काठमाडौँ, ९ असोज :काठमाडौँ उपत्यकाभित्र रहेका अस्पताल तथा केही व्यापारीक संस्थाले फोहोर पानी प्रशोधन नगरीकन सिधै ढलमा मिसाउने गरेको पाइएको छ । खानेपानी तथा सरसफाइ मन्त्रालयले गरेको अनुगमनका क्रममा अस्पतालबाट उत्पन्न हुने फोहर पानी प्रशोधन गरेर मात्रै ढलमा पठाउनुपर्ने व्यवस्था भए पनि त्यसो नगरिएको पाइएको हो ।

खानेपानी तथा सरसफाइमन्त्री बिना मगर, सचिव गजेन्द्र ठाकुर, मन्त्रालय मातहतका विभाग, बोर्ड, काठमाडौँ उपत्यका खानेपानी लिमिटेडका पदाधिकारीले गरेको अनुगमनका क्रममा अस्पतालले सामान्य प्रशोधन पनि नगरी ढलमा मिसाएको पाइएको हो । मन्त्रालयका अनुसार वीर अस्पतालले दैनिक एक लाख २० हजार लिटर पानी भूमिगत स्रोतबाट प्रयोग गर्ने गरेको छ । काठमाडांै उपत्यका लिमिटेडबाट वितरण गरेको धाराबाट हप्तामा एक पटक पानी आउने हुँदा अस्पतालले दैनिक माग धान्न भूमिगत स्रोतबाट पानी तानिएको पाइएको हो । अस्पतालमा जडान गरिएको डिप बोरिङ सञ्चालनका लागिसमेत अनुमति लिइएको छैन ।

यस्तै त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले चार वटा डिप बोरिङ सञ्चालनमा ल्याएको भए पनि एउटाको मात्रै अनुमति लिएको पाइएको छ । दैनिक आठ लाख लिटर पानी भूमिगत स्रोतको प्रयोग गरेको भएपनि फोहोर पानी व्यवस्थापनमा ध्यान नदिएको पाइएको छ । यस्तै सेन्ट्रल विजनेश पार्कबाट निस्कने फोहोर तरल पदार्थ सिधै ढलमा मिसाइएको अनुगमनको क्रममा फेला परेको मन्त्रालयले जनाएको छ । उक्त व्यापारिक संस्थाले दैनिक ४० हजार लिटर पानी प्रयोग गर्दै आएको छ ।

यसैगरी पाटन अस्पतालले अनुमति नै नलिईकन डिप बोरिङ सञ्चालनमा ल्याएको छ । दैनिक चार लाख लिटर पानी भूमिगत स्रोतबाट प्रयोग गरिएको भएपनि तरल फोहोर व्यवस्थापन नगरेको पाइएको छ । त्यस्तै नमूना बस्ती हात्तीवनले समेत अनुमति नलिई भूमिगत स्रोतको पानी उपयोग गरेको छ । दैनिक ४० हजार लिटर पानी प्रयोग हुने गरेको छ । तरल फोहरको व्यवस्थापनपछि मात्रै खोलामा पठाइएको अनुगमनका क्रममा देखिएको छ ।

यस्तै ललितपुरको भैँसेपाटीमा रहेको वाई वाई चाउचाउ उद्योगले दैनिक ५० हजार लिटर पानी प्रयोग गर्ने गरेको छ । अनुमति नलिईकन डिप बोरिङ सञ्चालन गर्नेलाई तत्काल अनुमति लिन मन्त्रालयले आग्रह गरेको छ । मन्त्री मगरले फोहर पानी प्रशोधनपछि मात्रै व्यवस्थापन गर्ने प्रणालीको विकास गर्न र अनुमति लिएर मात्रै डिप बोरिङ सञ्चालन गर्न सम्बन्धित संस्थालाई आग्रह गरिएको बताउनुभयो । उहाँले ठूला संस्था वा प्रतिष्ठानको अनुमगन कार्य निरन्तर जारी रहनेसमेत जानकारी दिनुभयो । मन्त्री मगरले केही दिन पहिले काठमाडौँका पानी उद्योगको समेत स्थलगत निरीक्षण गर्नुभएको थियो ।
-रासस

प्रकाशित मिति : २०७५, ९ आश्विन मंगलबार  ९ : १८ बजे

सिन्धुलीको घाङलेखमा  एसबी आई बैंक लुटियो, काभ्रेबाट टाटा सूमो चढेर आएका थिए लुटेरा समूह

सिन्धुलीको घाङलेख गाउँपालिकामा रहेको नेपाल एसबी आई बैंक साँझ ७

देउवाको राजीनामा मुद्दामा सहमति जुटेन, त्रिपक्षीय वार्ता एक घण्टाका लागि स्थगित

काठमाडौं । नेपाली कांग्रेसभित्रको विवाद समाधानका लागि बसेको त्रिपक्षीय वार्ता

“बागबजारको होडिङ बोर्ड” सपना र संघर्ष

धेरैपछि काठमाडौँ आएको छु,अन्तर्राष्ट्रिय विमानस्थलबाट झर्दा पहिलो सासमै केही फरक

कांग्रेसमा अराजकता होइन, विधान र जिम्मेवारीको शासन चाहिन्छ

नेपाली कांग्रेस आज आन्तरिक तनावको कठिन चरणमा छ। तर यो

कांग्रेस केन्द्रीय समिति बैठक दिउँसो १ बजे बस्ने, विशेष महाधिवेशन विवाद चुलिँदै

काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक मंगलबार दिउँसो १ बजेका