२०८३, २९ असार मंगलबार

देशकै तेस्रो केबुलकारको परीक्षण सफल, दशैंलगत्तै सञ्चालनमा आउने

देशकै तेस्रो केबुलकारको परीक्षण सफल, दशैंलगत्तै सञ्चालनमा आउने


चरिकोट, ९ असोज : दोलखाको कुरी बजारदेखि कालीञ्चोक मन्दिरसम्म निर्माण गरेको केबुलकारको परीक्षण सफल भएको छ । मुलुककै तेस्रो केबुलकारका रुपमा कालीञ्चोक दर्शन प्रालिले दुई वर्षअघि देखि निर्माण गरिरहेको केबुलकारको पहिलो चरणको परीक्षण सफल भएको हो । दोलखाली उद्योगीको लगानी रहेको केबुलकारमा चार वटा गोण्डला रहने र प्रत्येकमा १० जना बस्न सक्ने क्षमता रहेको कम्पनीले जनाएको छ ।

पहिलो चरणमा १५ देखि २० दिनसम्म परीक्षण गर्नुपर्ने भएकाले तीन दिनदेखि गोण्डला राखेर इञ्जिनियरिङ परीक्षण भइरहेको छ । धार्मिक पर्यटकीय क्षेत्र कुरी बजारदेखि कालीञ्चोक मन्दिरसम्म ९०० मिटर लामो दूरीको केबुलकार निर्माण गरिएको हो । दशैँअघि देखि नै व्यावसायिक सञ्चालनमा आउने तयारीका साथ केबुलकार निर्माणको काम गरिरहेको भए तापनि स्विटजरल्याण्डबाट प्राविधिक आइनपुगेका कारण केही ढिला हुन गएको कालीञ्चोक दर्शन प्रालिका कार्यकारी निर्देशक बालकृष्ण शिवाकोटीले जानकारी दिनुभयो ।

दशैँलगत्तै स्विटजरल्याण्डबाट इलेक्ट्रिकल र प्रोग्रामर इञ्जिनियर आइपुग्ने र केही दिनको परीक्षणपश्चात् मङ्सिरबाट मात्र पूर्णरुपमा सञ्चालनमा आउने कम्पनीका प्रमुख कार्यकारी अधिकृत अशोक शिवाकोटीले बताउनुभयो । रु २६ करोडमा केबुलकार निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ निर्माण शुरु गरेको कम्पनीको लागत बढेर रु ४० करोड पुगेको कम्पनीले जनाएको छ । शुरुमा २६ करोडमा निर्माण गर्ने भनिए तापनि निर्माण अवधि बढेको र सामानमा मूल्य वृद्धि हुनाका साथै नयाँ नियम नबनेको भन्दै सरकारले भन्सार छुट नगर्दा लागत बढेको कम्पनीका निर्देशक बालकृष्ण शिवाकोटीले बताउनुभयो ।

कालीञ्चोकको कुरीदेखि मन्दिरसम्म पुग्नका लागि एक किलोमिटरको उकालो हिँड्नुपर्ने भएका कारण कतिपय धार्मिक पर्यटक त्यही उकालो हिँड्न नसकी बीच बाटैबाट फर्कने गरेका छन् । केबुलकार निर्माण भएसँगै पाँच मिनेटको पैदलमा कालीञ्चोक मन्दिरको दर्शन गर्न सकिन्छ । कालीञ्चोकको कुरी बजारसम्म सडकको पहुँच पुगेको र केबुलकार निर्माण भएसँगै करोडाँैको लगानीमा होटलसमेत सञ्चालनमा आएको छ । मङ्सिरदेखि फागुनसम्म हिमपात हुने कालीञ्चोक क्षेत्रमा केबुलकार निर्माण भएसँगै पर्यटकको सङ्ख्यामा वृद्धि हुने अपेक्षा गरेको छ । केबुलकारबाट कुरी बजार, गौरीशङ्कर हिमाल, रोल्वालिङ हिमशृङ्खला लगायतका मनोरम दृश्यहरु अवलोकन गर्न सकिन्छ ।

प्रकाशित मिति : २०७५, ९ आश्विन मंगलबार  ९ : ०५ बजे

नेपाल वायुसेवा निगममा नयाँ कार्यकारी नेतृत्व, महेश्वरभक्त श्रेष्ठलाई दोहोरो जिम्मेवारी

काठमाडौं । नेपाल वायुसेवा निगम (नेवानी) ले नयाँ कार्यकारी नेतृत्व

गणेश प्रकरणपछि सडकमा फर्कियो महानगर प्रहरी, ‘सेवा रोकिँदैन’ भन्दै एसएसपी जोशीको सन्देश

काठमाडौं । गणेश नेपालीको मृत्यु प्रकरणपछि केही दिन सडकबाट लगभग

सरकारी विज्ञापनमा एकाधिकार असंवैधानिक, सर्वोच्चले सरकारको निर्णय बदर गर्‍यो

काठमाडौं । सर्वोच्च अदालतले सरकारी विज्ञापन सरकारी स्वामित्वका सञ्चारमाध्यममा मात्रै

सरकारको कर्मचारी कटौती नीति विरुद्ध विद्रोह, अर्थ मन्त्रालय घेराउ

काठमाडौं । अस्थायी र करारका कर्मचारी हटाउने सरकारको तयारीविरुद्ध आन्दोलन

प्रतिनिधिसभाबाट दुई विधेयक समितिमा, दफावार छलफल अघि बढ्ने

काठमाडौ । प्रतिनिधिसभाले दुई महत्वपूर्ण विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित