२०८३, १० असार बिहीबार

नेपालको कारागारबिहीन जिल्ला कुन हो ?

नेपालको कारागारबिहीन जिल्ला कुन हो ?


रुकुम पूर्व, ९ असोज गत वर्ष छुट्टै जिल्लाको मान्यता पाएको रुकुम पूर्वमा अझै कारागार स्थापना हुनसकेको छैन । जिल्लामा कारागारको व्यवस्था नहँुदा यहााँका कैदीबन्दीलाई रुकुम पश्चिमको कारागार पठाउनुपर्ने बाध्यता छ ।

जिल्ला अदालत स्थापना भएयता १५ कैदीबन्दीलाई रुकुम पश्चिम पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लोकनाथ तिम्सिनाले जानकारी दिनुभयो । जिल्लामा कारागार नहुँदा कैदीबन्दीलाई पूर्व र पश्चिम ओहोरदोहोर गराउन कठिनाइ हुने गरेको छ । “बाटो असहज छ, थुप्रै चुनौतीका बीच कैदीबन्दीलाई रुकुम पश्चिम पठाउनु परिरहेको छ,” तिम्सिनाले भन्नुभयो ।

आफ्नै जिल्लाका कैदीबन्दी राख्न गाह्रो भइरहेको बेला अर्को जिल्लाबाट कैदी ल्याएर राख्दा थप समस्या भएको रुकुम पश्चिम कारागारका जेलर लोकबहादुर घर्तीले बताउनुभयो । कारागारमा कैदीको व्यवस्थापनका साथै अदालतमा उपस्थित गराउन निकै समस्या भएको उहाँको भनाइ छ ।

प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माले कारागार स्थापनाका लागि गृहमन्त्रालय तथा कारागार व्यवस्थापन विभागमा पटक पटक ताकेता गर्दैआएको बताउनुभयो । उहाँले भन्नुभयो, “तत्काल कारागार स्थापना गर्न नसके अरु समस्या आउनुका साथै व्यवस्थापनमा थप समस्या हुन्छ ।” कारागारका लागि संरचना निर्माण गर्न जग्गा उपलब्ध गराउन सिस्ने गाउँपालिकासँग छलफल भइरहेको छ ।
–––

प्रकाशित मिति : २०७५, ९ आश्विन मंगलबार  ७ : ५८ बजे

फिफाबाट एन्फा निलम्बित, राष्ट्रिय टिमदेखि क्लबसम्म अन्तर्राष्ट्रिय प्रतियोगितामा रोक

काठमाडौं । अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफा (FIFA) ले अखिल नेपाल

रास्वपा महाधिवेशनः बिहान ७ बजेसम्म १८ सय प्रतिनिधिले गरे मतदान

चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत राति १२ बजेदेखि

सिन्धुलीगढी युद्ध पर्यटनः आर्थिक उपार्जनको आधार

सिन्धुली जिल्लाको सदरमुकाम रहेको कमलामाई नगरपालिका प्राकृतिक, धार्मिक, ऐतिहासिक तथा

रास्वपाको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (राष्ट्रिय स्वतन्त्र पार्टी) को सभापतिमा

रास्वपा महाधिवेशनमा ८० विद्युतीय मेसिनबाट मतदान, केन्द्रीय सदस्य चयन प्रक्रिया अघि बढ्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (राष्ट्रिय स्वतन्त्र पार्टी) को महाधिवेशनमा