२०८३, १३ भाद्र आईतबार

नाडा अटो शो : बालबालिकालाई देखाउनुहोस् भविष्यको प्रविधि

नाडा अटो शो : बालबालिकालाई देखाउनुहोस् भविष्यको प्रविधि


काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा जारी १८औँ नाडा अटो शो २०२६ गाडी किन्ने वा नयाँ मोडल हेर्नेका लागि मात्र नभई बालबालिका र नयाँ पुस्तालाई भविष्यको प्रविधिसँग प्रत्यक्ष परिचित गराउने अवसरसमेत बनेको छ।

अटो शोमा विभिन्न ब्रान्डका विद्युतीय सवारीसाधन, नयाँ प्रविधियुक्त कार तथा मोटरसाइकलसँगै ह्युमानोइड र क्वाड्रुपेड रोबोट पनि विशेष आकर्षणका रूपमा प्रस्तुत गरिएका छन्।

परिवारसँग अटो शो घुम्न आउने अभिभावकले आफ्ना बालबालिकालाई विद्युतीय सवारी, रोबोटिक्स र भविष्यको मोबिलिटीबारे प्रत्यक्ष जानकारी गराउन सक्नेछन्। पुस्तक वा इन्टरनेटमा मात्र देखिने प्रविधिलाई नजिकबाट हेर्न र बुझ्न पाउँदा बालबालिकाका लागि अटो शो फरक अनुभव बन्न सक्छ।

विशेषगरी ईभी प्रविधि, स्मार्ट मोबिलिटी र रोबोटिक्सप्रति बालबालिकाको चासो बढाउन अटो शो उपयोगी अवसर बन्न सक्ने सहभागीहरूको भनाइ छ। विभिन्न कम्पनीले आफ्ना नयाँ प्रविधि र उत्पादनबारे प्रत्यक्ष जानकारी दिइरहेका छन्।

यसपटकको नाडा अटो शोमा विद्युतीय कार, मोटरसाइकल तथा स्कुटरको उल्लेख्य उपस्थिति रहेको छ। नयाँ पुस्ताले भविष्यमा प्रयोग गर्न सक्ने प्रविधि, सवारीसाधनको बदलिँदो स्वरूप र स्वचालित प्रविधिबारे एउटै स्थानमा जानकारी लिन सक्ने व्यवस्था मिलाइएको छ।

त्यसैले परिवारसँग नाडा अटो शो पुग्ने योजना बनाउँदै हुनुहुन्छ भने चम्किला गाडी र मोटरसाइकल मात्र नहेर्नुहोस्। आफ्ना बालबालिकालाई पनि साथमा लिएर रोबोटिक्स, विद्युतीय सवारी र भविष्यको प्रविधिको संसार देखाउने अवसरका रूपमा अटो शोलाई उपयोग गर्न सकिन्छ। १८औँ नाडा अटो शो भदौ ९ देखि १४ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा सञ्चालन भइरहेको छ।

प्रकाशित मिति : २०८३, १३ भाद्र आईतबार  ८ : ०४ बजे

बाढीले बन्द भएका थप ७ ठाउँमा टेलिकम सेवा फर्कियो, ९३ साइट सञ्चालनमा

काठमाडौं । बाढीका कारण अवरुद्ध नेपाल टेलिकमका थप सातवटा साइटबाट

भोटेकोशीको बहाव घटेपछि खुल्यो काठमाडौं–मुग्लिन–नारायणगढ सडक

काठमाडौं । बाढीको जोखिम देखिएपछि केही समय रोकिएको काठमाडौं–मुग्लिन–नारायणगढ सडकखण्ड

तमोर नदीमा बेल ब्रिज निर्माण सम्पन्न 

ताप्लेजुङ । तमोर नदीमा बेल ब्रिज निर्माण सम्पन्न गरिएको छ

भोटेकोशीमा फेरि बाढी बढ्यो, रसुवादेखि चितवनसम्म सतर्कता

काठमाडौं । भोटेकोशी नदीमा शुक्रबार बिहानदेखि पानीको बहाव पुनः बढेपछि

प्लास्टिकको भीडमा हराउँदै चोयाका डालो

ताप्लेजुङ । कुनै समय गाउँघरको दैनिकीसँग जोडिएको चोयाको डालो अहिले