२०८३, ३१ असार बिहीबार

अब राइड सेयरिङ चालकले अनिवार्य प्यान लिनुपर्ने, राजस्व विभागको नयाँ निर्देशन

अब राइड सेयरिङ चालकले अनिवार्य प्यान लिनुपर्ने, राजस्व विभागको नयाँ निर्देशन


काठमाडौं । आन्तरिक राजस्व विभागले राइड सेयरिङ सेवामा आबद्ध चालकहरूलाई स्थायी लेखा नम्बर (प्यान) अनिवार्य गर्ने निर्णय गरेको छ। अब प्यान नम्बर नलिई कुनै पनि व्यक्तिले राइड सेयरिङ प्लेटफर्ममार्फत सेवा दिन वा कारोबार गर्न नपाउने भएको हो।

विभागले जारी गरेको सूचनाअनुसार राइड सेयरिङ अपरेटरसँग आबद्ध हुने सबै चालकले सेवा सुरु गर्नुअघि प्यान लिनुपर्नेछ। कानुनी व्यवस्था कार्यान्वयन गर्न र कर प्रणालीलाई व्यवस्थित बनाउन यो निर्णय गरिएको विभागले जनाएको छ।

आयकर ऐन, २०५८ को दफा ७८ र आयकर नियमावली, २०५९ को नियम २३ अनुसार करयोग्य आय आर्जन गर्ने वा कर कट्टीको दायरामा पर्ने प्रत्येक व्यक्तिले आम्दानी सुरु गर्नुअघि स्थायी लेखा नम्बर लिनुपर्ने व्यवस्था छ। विभागले राइड सेयरिङ चालकहरू पनि यही कानुनी व्यवस्थाभित्र पर्ने स्पष्ट गरेको छ।

विभागले सम्बन्धित राइड सेयरिङ कम्पनी तथा चालकहरूलाई अनिवार्य रूपमा प्यान नम्बर लिएर मात्रै कारोबार गर्न आग्रह गरेको छ। प्यानबिनाको कारोबार कानुनी व्यवस्थाविपरीत हुने भएकाले समयमै दर्ता प्रक्रिया पूरा गर्न पनि विभागले अनुरोध गरेको छ।

यो व्यवस्थाले राइड सेयरिङ क्षेत्रलाई औपचारिक कर प्रणालीभित्र ल्याउने, कर प्रशासनलाई प्रभावकारी बनाउने तथा राजस्व संकलनलाई थप व्यवस्थित गर्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : २०८३, ३१ असार बिहीबार  ४ : १६ बजे

कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

केहीबेरको वर्षामै काठमाडौं जलमग्न, माइतीघर डुबानमा परेपछि सवारी आवागमन प्रभावित

काठमाडौं । बिहीबार दिउँसो परेको अविरल वर्षाले काठमाडौं उपत्यकाका विभिन्न

‘मार्वल’को ट्रेडमार्क दुरुपयोग गरेको आरोप, जानकी प्लास्टिक उद्योगका सञ्चालक पक्राउ

जनकपुरधाम । प्रसिद्ध ‘मार्वल’ ब्रान्डको ट्रेडमार्क दुरुपयोग गरी नक्कली पाइप

अब राइड सेयरिङ चालकले अनिवार्य प्यान लिनुपर्ने, राजस्व विभागको नयाँ निर्देशन

काठमाडौं । आन्तरिक राजस्व विभागले राइड सेयरिङ सेवामा आबद्ध चालकहरूलाई

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी, विभिन्न नियुक्ति र समसामयिक विषयमा निर्णय हुने सम्भावना

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहको अध्यक्षतामा मन्त्रिपरिषद्को बैठक सिंहदरबारस्थित