२०८३, ९ असार बुधबार

‘भाग्यले बाँचेकाहरु’ भेट्दा बेलायती सांसद भावुक

‘भाग्यले बाँचेकाहरु’ भेट्दा बेलायती सांसद भावुक


काठमाडौँ, ६ असोज । नेपाल भ्रमणमा रहेका बेलायती सांसद स्टेफन गेथिन्स नेपालका भूकम्पपीडितको कथा सुनेर भावुक बनेका छन् । विसं २०७२ को भूकम्पमा परेर चमत्कारिक रुपमा बाँचेका नेपालीहरुको कथामा बनेको चर्चित वृत्तचित्र फिल्म ‘भाग्यले बाँचेकाहरु’ का पात्रहरुलाई प्रत्यक्ष रुपमा भेटेका सांसद गेथिन्स उनीहरुको कथा सुनेर भावुक बनेका हुन् । ‘यो मेरो नेपाल भ्रमणको सबैभन्दा उपलब्धिमूलक भेट भयो’ उहाँले भन्नुभयो ।

नेपालको एकसाता भ्रमणका लागि गत सोमबार काठमाडौँ आइपुगेका गेथिन्सले शनिबार ‘भाग्यले बाँचेकाहरु’ का पात्र दैलेखका रमेश खत्री, मकवानपुरकी प्रिया विश्वकर्मा र लमजुङकी बबिता सेढाईंलाई भेटेका थिए । काठमाडौँको नयाँ बसपार्कमा भूकम्पमा परेर खत्रीले दुवै खुट्टा गुमाएका थिए । यसैगरी, काठमाडौँ काभ्रेस्थलमा डेरा गरी बसेका घरले किच्दा विश्वकर्माको एउटा खुट्टा गुमेको थियो । सेढाईं भने धरहराबाट खसेर बाँचेकी हुन् ।

‘भाग्यले बाँचेकाहरु’ टिमका तर्फबाट सांसद गेथिन्स, लिटिल शेर्पा फाउण्डेशनका जेम्स ल्याम्ब र वेस्टमिन्स्टर फाउण्डेशन फर डेमोक्रेसीका सिनियर कार्यक्रम अधिकृत एलेक्शजेन्डर सिमलाई आज काठमाडौँमा सम्मान गरिएको थियो । सांसद गेथिन्सकै पहलमा गतवर्ष भूकम्पको दोस्रो वार्षिकी पारेर ‘भाग्यले बाँचेकाहरु’ बेलायतको संसद्मा प्रदर्शन गरिएको थियो । ‘नेपालको वृत्तचित्र फिल्म बेलायतको संसद्मा प्रदर्शन हुनु नेपालीका लागि पनि गौरवको विषय हो ।

नेपालका भूकम्पपीडितका विषयमा उनले देखाएको चासो, चिन्ता, ऐक्यबद्धताको कदर गर्दै हामीले सांसद गेथिन्स र उहाँको टिमलाई सम्मान गरेका हौँ ।’, भाग्यले बाँचेकाहरुका निर्देशक गणेश पाण्डेले भन्नुभयो, ‘सांसद गेथिन्स निकै भावुक हुनुभयो ।’ २०७२ सालको भूकम्पको कथामा बनेको भाग्यले बाँचेकाहरुले १७ वटा अन्तर्राष्ट्रिय अवार्ड जित्न सफल भएको छ । यो बेलायतको संसदमा प्रदर्शन हुने पहिलो नेपाली वृत्तचित्र फिल्म पनि हो ।

प्रकाशित मिति : २०७५, ६ आश्विन शनिबार  ७ : ३१ बजे

मनसुन कमजोर, तराईमा तातो लहरको जोखिम

काठमाडौं । देशमा मनसुन भित्रिए पनि कमजोर अवस्थामा रहेकाले तत्काल

रास्वपा सभापतिमा रविको उम्मेदवारी, बालेन बने प्रस्तावक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापति पदका लागि

रास्वपा महाधिवेशन अघि बढ्यो : मतदाता नामावली प्रकाशन, सभापतिदेखि सबै पदमा प्रतिस्पर्धा खुला

चितवन । प्रतिनिधि नामावली विवादका कारण सोमबारदेखि रोकिएको राष्ट्रिय स्वतन्त्र

चार वर्षपछि विनोद शाही हत्या प्रकरणमा नयाँ मोड : उच्च अदालतबाट ६ जनालाई जन्मकैद

धनगढी । अछामका किशोर विनोद शाहीको हत्या प्रकरणमा जिल्ला अदालतले

प्रतिनिधि विवादले रास्वपाको बन्द सत्र प्रभावित, महाधिवेशन कार्यतालिका अस्तव्यस्त

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत सोमबार