काठमाडौं । देशमा हाल कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार हिमाली भूभागमा आंशिक बदली रहे पनि तराईका अधिकांश स्थान, उपत्यका तथा खोँचहरूमा तुवाँलो र हुस्सु लागेको छ।
आज दिउँसो र राति कोशी तथा मधेश प्रदेशमा आंशिक बदली रहनेछ भने अन्य प्रदेशमा मौसम मुख्यतया सफा रहने अनुमान छ।
तराई, उपत्यका र खोँचहरूमा भोलि बिहान पनि केही स्थानमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।







प्रतिक्रिया