२०८३, २५ असार शुक्रबार

आवाज उठेपछि ठोरी नाकामा भारतीय सवारीलाई राहत, अस्थायी पास दिन थालियो

आवाज उठेपछि ठोरी नाकामा भारतीय सवारीलाई राहत, अस्थायी पास दिन थालियो


काठमाडौं । पर्साको ठोरी नाकाबाट भारतीय पर्यटकका निजी सवारीसाधनको प्रवेश रोकिएपछि उत्पन्न विवाद तत्कालका लागि साम्य पार्ने प्रयास गरिएको छ। प्रतिनिधिसभामा विषय उठेलगत्तै सरकारले ठोरी छोटी भन्सार कार्यालयमा कर्मचारी खटाएर भारतीय सवारीसाधनलाई अस्थायी प्रवेश अनुमति (पास) दिने व्यवस्था सुरु गरेको हो।

वीरगन्ज भन्सार कार्यालयले असार २३ गतेदेखि ठोरी छोटी भन्सारमा एक जना सुब्बा र एक जना कार्यालय सहयोगी गरी दुई कर्मचारी परिचालन गरेको जनाएको छ। अब भारतीय नम्बर प्लेटका निजी सवारीसाधनले भन्सार कार्यालयबाट निःशुल्क अस्थायी पास लिएर ठोरी क्षेत्रभित्र आवतजावत गर्न पाउनेछन्।

वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकारी तथा भन्सार अधिकृत उदयसिंह विष्टका अनुसार हालका लागि पासको सुविधा ठोरी क्षेत्रमा मात्र सीमित गरिएको छ। दीर्घकालीन व्यवस्थाका लागि आवश्यक प्रस्ताव सम्बन्धित मन्त्रालयमा पठाइसकिएको र मन्त्रालयको निर्णयपछि थप व्यवस्था हुने उनले बताए।

ठोरीमा भारतीय सवारी प्रवेश रोकिएको विषय नेपाली कांग्रेसकी सांसद सीता थपलियाले प्रतिनिधिसभामा उठाएकी थिइन्। उनले भन्सार कार्यालय सञ्चालन नगरी सवारी फिर्ता पठाउँदा पर्यटन व्यवसाय धराशायी भएको भन्दै तत्काल कर्मचारी व्यवस्थापन गरी कानुनी रूपमा सवारी प्रवेश गराउन सरकारको ध्यानाकर्षण गराएकी थिइन्।

गत असार १९ गतेदेखि सशस्त्र प्रहरीले माथिल्लो निकायको निर्देशन भन्दै भारतीय सवारीसाधनलाई नेपाल प्रवेशमा रोक लगाएपछि ठोरीका होटल व्यवसायी, पर्यटन उद्यमी र स्थानीयवासीले विरोध जनाएका थिए। उनीहरूले प्रमुख जिल्ला अधिकारीसमक्ष ज्ञापनपत्र बुझाएर निर्णय फिर्ता लिन माग गरेका थिए।

मधेस प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्य बन्दै गएको ठोरीमा दैनिक दुई सयभन्दा बढी भारतीय निजी सवारीसाधन आउने गरेका छन्। प्रवेशमा रोक लागेपछि होटल, रिसोर्ट तथा पर्यटनसँग जोडिएका व्यवसाय प्रत्यक्ष प्रभावित भएका थिए। अस्थायी पासको व्यवस्था लागू भएसँगै स्थानीय पर्यटन व्यवसायले केही राहत महसुस गर्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : २०८३, २५ असार शुक्रबार  ९ : ०२ बजे

एम्बाप्पेको हुंकार: ‘बेल्जियम होस् वा स्पेन, फ्रान्स कसैसँग डराउँदैन’

काठमाडौं । फ्रान्सका कप्तान किलियन एम्बाप्पेले फिफा विश्वकप २०२६ को

खामेनीको अन्तिम बिदाइमा लाखौँको सागर, उत्तराधिकारी मोज्तबा अझै सार्वजनिक भएनन्

काठमाडौं । इरानका दिवंगत सर्वोच्च नेता आयतोल्लाह अली खामेनीलाई शुक्रबार

औषधि र उद्योगका लागि गाँजा खेती खुला, गण्डकी प्रदेशसभाबाट विधेयक सर्वसम्मत पारित

पोखरा । गण्डकी प्रदेशले औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजा

३३ करोडको टेलिकम भ्रष्टाचार मुद्दा ढल्यो, विशेष अदालतबाट सबै १८ आरोपी निर्दोष

काठमाडौं । नेपाल टेलिकमको बिलिङ प्रणालीको वार्षिक मर्मतसम्भार (एएमसी) ठेक्कामा