२०८३, ९ भाद्र बुधबार

रेबिजबाट मृत्यु भएपछि काठमाडौंमा बढ्यो त्रास

रेबिजबाट मृत्यु भएपछि काठमाडौंमा बढ्यो त्रास


काठमाडौं। टेकुस्थित अस्पतालमा रेबिजका कारण ४८ वर्षीय एक पुरुषको मृत्यु भएपछि काठमाडौं उपत्यकामा रेबिजको त्रास बढेको छ। घटनापछि विगतमा कुकुर वा अन्य जनावरले टोकेका तर खोप नलगाएका व्यक्तिहरू अस्पताल पुग्ने क्रम बढेको स्वास्थ्यकर्मीहरूले बताएका छन्।

नेपालमा रेबिज वर्षौंदेखि प्रमुख जनस्वास्थ्य समस्याका रूपमा रहेको छ। आधिकारिक तथ्यांक नभए पनि हरेक वर्ष करिब एक सय जनाको रेबिजका कारण मृत्यु हुने अनुमान छ। चिकित्सकहरूका अनुसार रेबिजका लक्षण देखिएपछि बच्ने सम्भावना अत्यन्त न्यून हुने भएकाले जनावरले टोकेपछि जतिसक्दो छिटो रेबिजविरुद्धको खोप लगाउनु आवश्यक हुन्छ।

सरकारी स्वास्थ्य संस्थामा निःशुल्क खोप उपलब्ध गराइए पनि कतिपय स्थानमा खोप अभाव हुने समस्या कायमै छ। स्वास्थ्य विज्ञहरूले देशभर पर्याप्त खोपको व्यवस्था गर्न, छाडा जनावरको व्यवस्थापन प्रभावकारी बनाउन तथा जनचेतना अभिवृद्धि गर्न सम्बन्धित निकायसँग आग्रह गरेका छन्।

प्रकाशित मिति : २०८३, १६ असार बुधबार  ५ : २४ बजे

प्रेमीको योजनामा श्रीमानको हत्या, शव कर्णालीमा फालेको प्रहरीको दाबी

दाङ । कैलालीमा एक महिलाले प्रेमीसँग मिलेर श्रीमानको हत्या गराएको

भोटेकोशी बाढीले बैंकिङ क्षेत्र पनि प्रभावित, एक दर्जन शाखामा क्षति

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीले टिमुरे, त्रिशूलीलगायतका

जलविद्युत् आयोजनामा कार्यरत १९० कर्मचारी सम्पर्कविहीन

काठमाडौं । भोटेकोशी नदीमा आएको भीषण बाढीपछि रसुवा र नुवाकोटका

भोटेकोशी बाढी : मृतकको संख्या ९५ पुग्यो, ६३ जना उपचाररत

काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको भीषण बाढीमा

उद्धार र राहतको कामलाई तिव्रता दिन राष्ट्रपतिको आग्रह

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले रसुवा, नुवाकोट हुँदै बहने भोटेकोशी नदीमा