२०८३, ३ आश्विन आईतबार

मायाप्रसादले नेकपा कर्णालीको सचिव अस्वीकारको कारण यस्तो छ

मायाप्रसादले नेकपा कर्णालीको सचिव अस्वीकारको कारण यस्तो छ


काठमाडौँ, ५ असोज : नेपाल कम्युनिस्ट पार्टी नेकपाका नेता मायाप्रसाद शर्माले कर्णाली प्रदेशको सचिव पद पोटफुलियो नमिलेका कारण अस्वीकार गरेका छन् ।

‘नेपाल कम्युनिस्ट पार्टी नेकपा सचिवालयले नियुक्त गरेको भनिएको कर्णाली प्रदेशको सचिव पदमा नरहने कुराको जानकारी गराउँछु ।’ उनले फेसबुकमा लेखेका छन् । फेसबुकमार्फत सचिवमा नरहने कुरा जानकारी गराए लगत्तै नेता शर्माले मोवाइलसमेत स्वीच अफ गरेका छन् ।

उनका निकटस्थका अनुसार पोटफुलियो नमिलेका कारण उनले सचिव पद अस्वीकार गरेका हुन् । अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डले जे भन्यो त्यही हुने भन्दै शर्माले आपत्ति जनाएको एक नेताले बताए ।

नेकपाको शुक्रबार विहान बसेको सचिवालय बैठकले शर्मालाई कर्णाली प्रदेशको सचिवको जिम्मेवारी दिएको थियो । तर, सचिवको जिम्मेवारी पाए लगत्तै उनले फेसबुकमार्फत सचिव पदमा नरहने जानकारी गराएका हुन् । नेता शर्मा रामबहादुर थापा बादलसँगै पूर्वमाओवादी केन्द्रमा एकतामा आएका नेता हुन् ।

प्रकाशित मिति : २०७५, ५ आश्विन शुक्रबार  १० : २९ बजे

सलमान खानले बिग बोसको स्टेजमै किन टोपी र ज्याकेट खोले ? 

काठमाडौं । बलिउड अभिनेता सलमान खानले आफ्नो तौल र रूपरङलाई

एमाले कार्यदल बैठक लम्बियो, सचिवालय बैठक ३ बजे सर्‍यो

काठमाडौं । नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको

संविधान दिवसमा २०० विद्यार्थीलाई कपडा वितरण

काठमाडौं । १२औँ संविधान दिवस तथा राष्ट्रिय दिवस–२०८३ को अवसरमा

भारतको सहयोगमा ‘ब्रेक’ : नेपालले विस्तृत पुनर्निर्माण प्रस्ताव नदिएसम्म रकम घोषणा नहुने

काठमाडौं । भोटेकोशी बाढीपछि पुनर्निर्माणका लागि भारतसँग सहयोग माग्न पुगेका