२०८२, १३ फाल्गुन बुधबार

निर्वाचनमा खटिने सुरक्षाकर्मीको उपचार खर्च सरकारले बेहोर्ने

निर्वाचनमा खटिने सुरक्षाकर्मीको उपचार खर्च सरकारले बेहोर्ने


काठमाडौं । सरकारले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन का क्रममा खटिने सुरक्षाकर्मी र निर्वाचन प्रहरी घाइते भएमा उनीहरूको सम्पूर्ण उपचार खर्च बेहोर्ने निर्णय गरेको छ।

मन्त्रिपरिषद्को पछिल्लो बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता तथा गृहमन्त्रीले निर्वाचन सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई आवश्यक सुरक्षा र उपचार सुविधा सुनिश्चित गरिने जानकारी दिए। उनका अनुसार निर्वाचन अवधिमा ड्युटीका क्रममा घाइते भएका सुरक्षाकर्मीको उपचार खर्च नेपाल सरकारले व्यहोर्नेछ।

यसैगरी, निर्वाचन अवधिमा कुनै सुरक्षाकर्मीको मृत्यु भएमा निजको आश्रित परिवारलाई आर्थिक सहायता उपलब्ध गराउने निर्णयसमेत गरिएको छ। सरकारले निर्वाचन सुरक्षालाई उच्च प्राथमिकतामा राख्दै सुरक्षाकर्मीको मनोबल उच्च राख्ने उद्देश्यले उक्त निर्णय गरेको जनाएको छ।

निर्वाचनलाई मध्यनजर गर्दै सरकारले फागुन २० देखि २२ गतेसम्म देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ। निर्वाचन फागुन २१ गते सम्पन्न हुने तालिका छ।

यस्तै, मन्त्रिपरिषद् बैठकले निर्वाचन प्रयोजनका लागि चीन सरकारबाट प्राप्त हुने ४ मिलियन अमेरिकी डलर बराबरको नगद अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ।

त्यसैगरी, ऊर्जा क्षेत्रको महत्त्वपूर्ण आयोजना बुढीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजना को वित्तीय लगानी ढाँचा स्वीकृत गरिएको छ। चालु आर्थिक वर्षको बजेट तथा कार्यक्रममा उल्लेख भएअनुसार उक्त आयोजना कार्यान्वयनको प्रक्रिया अघि बढाइने सरकारको निर्णय छ।

प्रकाशित मिति : २०८२, १३ फाल्गुन बुधबार  ४ : ०० बजे

शंकर पोखरेलको विकास दृष्टि : संरचना,स्थायित्व र समृद्ध भविष्यको रणनीतिक मार्गचित्र

राजनीतिमा प्रतिबद्धता धेरैले व्यक्त गर्छन् । तर त्यसलाई योजनाबद्ध दृष्टि,

हरिहरपुरगढीका वडाहरुमा एमालेप्रति देखियो उत्साह

सिन्धुली । नेकपा एमाले हरिहरपुरगढी गाउँपालिका ६ मा एमालेको निर्वाचन

निर्वाचनमा खटिने सुरक्षाकर्मीको उपचार खर्च सरकारले बेहोर्ने

काठमाडौं । सरकारले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन का क्रममा खटिने

ओलीलाई “सिङ्गो गाउँ” उपहार, बारसुदीका ४०० मतदाता एमाले प्रवेश

गौरीगञ्ज । केपी शर्मा ओली नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी एमाले

नेताहरूनैं मतदान अधिकृत !

सिन्धुली । सिन्धुली क्षेत्र नंं २ को निर्वाचन कार्यालय खटाएको