२०८३, ९ असार बुधबार

झण्डा जलाउने र निषेध गर्ने कार्यप्रति कांग्रेस उम्मेदवार तिमल्सिनाको आपत्ति

झण्डा जलाउने र निषेध गर्ने कार्यप्रति कांग्रेस उम्मेदवार तिमल्सिनाको आपत्ति


काठमाडौं । नेपाली कांग्रेसबाट काठमाडौं क्षेत्र नं. ४ का उम्मेदवार सचिन तिमल्सिनाले निर्वाचनका क्रममा देखिएको निषेध र उत्तेजनाको राजनीतिप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन्।

दाङ र मधेशलगायतका केही स्थानमा विभिन्न राजनीतिक दलका झण्डा जलाउने तथा दलहरूलाई निषेध गर्ने घटना सार्वजनिक भइरहेका बेला उनले यस्ता गतिविधि लोकतान्त्रिक मूल्य र मान्यताविपरीत भएको बताएका हुन्।

बूढानीलकण्ठ नगरपालिका वडा नं. २ मा घरदैलो कार्यक्रमका क्रममा स्थानीयसँगको भेटघाटपछि उनले यस्तो धारणा राखेका हुन्। उनले चुनावी प्रतिस्पर्धालाई स्वस्थ, शान्तिपूर्ण र मर्यादित बनाउन सबै राजनीतिक दल तथा उम्मेदवारलाई अपिल गरेका छन्।

‘अस्ति दाङ र मधेशका केही स्थानमा राजनीतिक दलका झण्डा जलाउने र निषेध गर्ने जुन कार्य भए, ती लोकतान्त्रिक मूल्य र हाम्रो सामाजिक मर्यादाविपरीत छन्,’ उनले भने, ‘हाम्रो समाज वर्षौँदेखि आपसी मेलमिलाप र सद्भावमा बाँधिएको छ। राजनीतिमा विचारको भिन्नता र प्रतिस्पर्धा स्वभाविक भए तापनि एक–अर्काका आस्था एवं राजनीतिक प्रतीकहरूप्रति अनादर प्रकट गर्नु कदापि स्वीकार्य हुन सक्दैन।’

तिमल्सिनाले लोकतन्त्र निषेध र उत्तेजनाबाट होइन, आपसी सम्मान, संयम र संवादबाट मात्र परिपक्व हुनेमा जोड दिए। निर्वाचन लोकतन्त्रको महत्वपूर्ण अभ्यास भएको स्मरण गराउँदै उनले यसलाई शान्तिपूर्ण र मर्यादित उत्सवका रूपमा सम्पन्न गर्न सबै पक्षलाई आग्रह गरेका छन्।

प्रकाशित मिति : २०८२, ९ फाल्गुन आईतबार  १२ : ०६ बजे

सिन्धुलीगढी युद्ध पर्यटनः आर्थिक उपार्जनको आधार

सिन्धुली जिल्लाको सदरमुकाम रहेको कमलामाई नगरपालिका प्राकृतिक, धार्मिक, ऐतिहासिक तथा

रास्वपाको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (राष्ट्रिय स्वतन्त्र पार्टी) को सभापतिमा

रास्वपा महाधिवेशनमा ८० विद्युतीय मेसिनबाट मतदान, केन्द्रीय सदस्य चयन प्रक्रिया अघि बढ्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (राष्ट्रिय स्वतन्त्र पार्टी) को महाधिवेशनमा

मनसुन कमजोर, तराईमा तातो लहरको जोखिम

काठमाडौं । देशमा मनसुन भित्रिए पनि कमजोर अवस्थामा रहेकाले तत्काल

रास्वपा सभापतिमा रविको उम्मेदवारी, बालेन बने प्रस्तावक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापति पदका लागि