२०८३, ७ कार्तिक शनिबार

रास्वपा सभापतिकै घरबाट तीन थान भरूबा बन्दुक बरामद

रास्वपा सभापतिकै घरबाट तीन थान भरूबा बन्दुक बरामद


सिन्धुली । निर्वाचनको मिति नजिकिंदै गएका बेला सिन्धुलीमा राष्ट्रिय स्वतन्त्र पार्टीका पालिका सभापतिको घरबाट तीन थान भरुवा बन्दुक प्रहरीले बरामद गरेको छ ।
क्षेत्र नंं १ अर्न्तगत पर्ने तिनपाटन गाउँपालिका कमिटीका रास्वपा सभापति धिरेन तामाङका बाबु ठगलाल तामाङले आफ्‌नै भाईको घरमा लुकाएर राख्न लगाएको तीन थान भरुवा बन्दुक हिजो साँझ ७ बजे इलाका प्रहरी कार्यालय डकाहाले बरामद गरेको र मानिस भने पक्राउ नपरेको प्रहरीले जानकारी दिएको छ ।
प्राप्त बिबरण अनुसार प्रहरीले हतियार लुकाएर राखेको भन्ने सूचनाका आधारमा प्रहरी लंगुरखोला स्थित रास्वपा सभापतिको घरमा पुगेको थियो । प्रहरी घरमा आएपछि घरमुलीहरु फरार भएको बताइएको छ ।
डकाहा प्रहरीले तीन थान भरुवा बन्दुक बरामद गरेर अनुसन्धान प्रक्रिया अगाडि बढाएको र अबैध रुपमा हतियार राख्नेहरुमाथि कानूनी कारबाही हुने प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले बताइन् ।
स्मरणीय छ प्रतिनिधीसभा सदस्यको निर्वाचन प्रक्रिया अगाडि बढेसँगै जिल्ला प्रशासन कार्यालयले इजाजत प्राप्त गरेका र अबैद्य रुपमा राखिएका हातहतियार एकसाता भित्र बुझाउन भन्दै सार्वजनिक सूचना जारी गरेको थियो ।
निर्वाचनकमा कारगारबाट भागेका कैदी र लटिएका हातहतियार सुरक्षा खतरा भन्दै गृहमन्त्रालयले बिबरण सार्वजनिक गरेको अबस्थामा रास्वपा पालिका सभापतिकै बाबुले राख्न दिएको तीन थान भरुवा बन्दुक प्रहरीले एकै ठाउँबाट बरामद गरेको बिबरण सार्वजनिक भएको हो ।

प्रकाशित मिति : २०८२, ७ फाल्गुन शुक्रबार  ५ : ०४ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना