२०८३, ८ कार्तिक आईतबार

प्रधानमन्त्री कार्कीका प्रमुख स्वकीय सचिवलाई पदमुक्त गरियोस् : नेता रक्षा बम

प्रधानमन्त्री कार्कीका प्रमुख स्वकीय सचिवलाई पदमुक्त गरियोस् : नेता रक्षा बम


काठमाडौं । जेनजीकी युवा नेता रक्षा बमले प्रधानमन्त्री सुशीला कार्कीका प्रमुख स्वकीय सचिव आदर्श कुमार श्रेष्ठलाई तत्काल पदमुक्त गर्न माग गरेकी छन्। उनले श्रेष्ठले आफ्नो पदको दुरुपयोग गर्दै परिवारका सदस्य, नातेदार र नजिकका व्यक्तिहरूलाई मनपरी रुपमा सरकारी पद-पोस्ट बाँडेको आरोप लगाएकी छन्।

युवा नेता बमका अनुसार प्रधानमन्त्रीको कार्ययोजनाको विश्वसनीयता र सुशासनको प्रतिबद्धतामै धावा बोल्ने गरी “प्रधानमन्त्री कार्यालयभित्रै नातावाद र भागबण्डा” भईरहेको छ। उनले भनिन्, “प्रधानमन्त्रीको स्वकीय सचिवकै कार्यालयबाट यदि यस्ता दुरुपयोग हुन्छन् भने सुशासनका सबै भाषणहरू खोक्रा सावित हुन्छन्।” बमले तत्काल तथ्य-छानबिन समिति गठन गरी श्रेष्ठले गरेको भनिएका नियुक्तिहरू खारेज गर्न र जिम्मेवारहरूमाथि कारबाही अघि बढाउन सरकारसँग माग गरेकी छन्।
उनले चेतावनी दिँदै भनिन्, “यदि सरकारले समयमै कदम चालेन भने हामी सडकदेखि सदनसम्म कडा प्रतिरोध गर्छौँ।”

यसअघि पनि प्रधानमन्त्री कार्यालयभित्र मनपरी नियुक्ति, प्रभाव–खरिद–विक्री र चलखेल बारे आवाज उठ्ने गरेको छ। तर यसपटक युवाद्वारा उठाइएको आक्रामक मागले सरकारलाई दबाबमा पारेको छ। प्रधानमन्त्री कार्यालयले भने यस विषयमा आधिकारिक प्रतिक्रिया नदिएको छ।

प्रकाशित मिति : २०८२, ८ मंसिर सोमबार  ८ : ११ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना