२०८२, १ फाल्गुन शुक्रबार

प्रधानमन्त्री कार्कीका प्रमुख स्वकीय सचिवलाई पदमुक्त गरियोस् : नेता रक्षा बम

प्रधानमन्त्री कार्कीका प्रमुख स्वकीय सचिवलाई पदमुक्त गरियोस् : नेता रक्षा बम


काठमाडौं । जेनजीकी युवा नेता रक्षा बमले प्रधानमन्त्री सुशीला कार्कीका प्रमुख स्वकीय सचिव आदर्श कुमार श्रेष्ठलाई तत्काल पदमुक्त गर्न माग गरेकी छन्। उनले श्रेष्ठले आफ्नो पदको दुरुपयोग गर्दै परिवारका सदस्य, नातेदार र नजिकका व्यक्तिहरूलाई मनपरी रुपमा सरकारी पद-पोस्ट बाँडेको आरोप लगाएकी छन्।

युवा नेता बमका अनुसार प्रधानमन्त्रीको कार्ययोजनाको विश्वसनीयता र सुशासनको प्रतिबद्धतामै धावा बोल्ने गरी “प्रधानमन्त्री कार्यालयभित्रै नातावाद र भागबण्डा” भईरहेको छ। उनले भनिन्, “प्रधानमन्त्रीको स्वकीय सचिवकै कार्यालयबाट यदि यस्ता दुरुपयोग हुन्छन् भने सुशासनका सबै भाषणहरू खोक्रा सावित हुन्छन्।” बमले तत्काल तथ्य-छानबिन समिति गठन गरी श्रेष्ठले गरेको भनिएका नियुक्तिहरू खारेज गर्न र जिम्मेवारहरूमाथि कारबाही अघि बढाउन सरकारसँग माग गरेकी छन्।
उनले चेतावनी दिँदै भनिन्, “यदि सरकारले समयमै कदम चालेन भने हामी सडकदेखि सदनसम्म कडा प्रतिरोध गर्छौँ।”

यसअघि पनि प्रधानमन्त्री कार्यालयभित्र मनपरी नियुक्ति, प्रभाव–खरिद–विक्री र चलखेल बारे आवाज उठ्ने गरेको छ। तर यसपटक युवाद्वारा उठाइएको आक्रामक मागले सरकारलाई दबाबमा पारेको छ। प्रधानमन्त्री कार्यालयले भने यस विषयमा आधिकारिक प्रतिक्रिया नदिएको छ।

प्रकाशित मिति : २०८२, ८ मंसिर सोमबार  ८ : ११ बजे

लन्डनमा भूतपूर्व गोर्खा सैनिकलाई भोक हड्ताल नगर्न बेलायत सरकारको आग्रह

लन्डन । बेलायतको रक्षा मन्त्रालयले भूतपूर्व गोर्खा सैनिकहरूलाई भोक हड्ताल

झापामा अध्यक्ष ओलीका सात दिन ८० वटा टोलमा मतदाता भेटघाट

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी फागुन

दैलेखको जलजलेमा ८० अर्ब ७० करोड घनमिटर ग्यास भण्डारण पुष्टि

दैलेख । भैरवी गाउँपालिका–१ जलजले क्षेत्रमा ८० अर्ब ७० करोड

सत्ताको दुरूपयोग गर्दै नेकपा उम्मेदवार दाहालले गरे पार्टी प्रवेशको प्रपञ्च, साँझ नपर्दै यसरी खुल्यो तथ्य

सिन्धुली: निर्वाचनमा पराजय हुने अबस्था आएपछि नेकपाका उमेदवारले कस्तो षडयन्त्र गर्न

सुशासन र पारदर्शिता बिना लोकतन्त्रले प्रतिफल दिन्न : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सुशासन र पारदर्शिता बिना लोकतन्त्रको