२०८३, ८ कार्तिक आईतबार

‘हाम्रो बाटो अप्ठ्यारो छ, तर अब जनताको इतिहास लेखिनेछ’ : सन्तोष परियार

‘हाम्रो बाटो अप्ठ्यारो छ, तर अब जनताको इतिहास लेखिनेछ’ : सन्तोष परियार


काठमाडौं । रास्वपा छोडेर प्रगतिशील लोकतान्त्रिक अभियानमा लागेका सन्तोष परियारले आफ्नो यात्रा सहज नभएको स्पष्ट पार्दै अब जनताकै इतिहास लेखिने समय आएको बताएका छन्।

काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजित एकता घोषणा सभालाई सम्बोधन गर्दै परियारले अग्रज पुस्ताको अनुभव र जेनजी पुस्ताको उत्साहलाई समेट्दै अघि बढ्ने बताएका हुन्।

उनले भने, “यदि आज पनि समस्याबाट भाग्यौं भने इतिहासले हामीलाई छोड्ने छैन। यो सजिलो बाटो होइन, तर सधैं सजिलो बाटो हिँड्न पाउँदैनौं। हामीले एउटा ठूलो संघर्ष गर्नैपर्छ।”

सभाको अध्यक्ष समेत रहेका परियारले जेनजी आन्दोलनपछिको राजनीतिक परिस्थितिले देश संकटमा परेको उल्लेख गर्दै सबै वामपन्थी, लोकतान्त्रिक र प्रगतिशील पार्टीहरुलाई संकिर्णता छोडेर अभियानमा जोडिन आह्वान गरेका छन्।

परियारले आजसम्म शासन गर्ने शासकका इतिहास लेखिएको बताएर अब जनताकै इतिहास लेखिने स्पष्ट पारे। उनले भने, “रुख त २० वर्षअघि रोप्नुपर्थ्यो, तर ढिला गर्नु हुँदैन। जबसम्म इतिहासकारहरूले शासनसत्तामा बस्नेहरूको इतिहास लेखिरहन्छन्, तबसम्म शिकारको होइन, सिकारीको इतिहास लेखिने छ। अब जनताको इतिहास लेखिने छ।”

प्रकाशित मिति : २०८२, ७ मंसिर आईतबार  २ : १२ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना