२०८२, ९ फाल्गुन शनिबार

विज्ञान र प्रविधिका क्षेत्रमा क्रान्ति गर्नुपर्छ: मन्त्री पोखरेल

विज्ञान र प्रविधिका क्षेत्रमा क्रान्ति गर्नुपर्छ: मन्त्री पोखरेल


ललितपुर, १ असोज: शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले विज्ञान र प्रविधिका क्षेत्रमा क्रान्ति गर्न खाँचो रहेको बताउनुभएको छ । छैटौँ विज्ञान दिवसका अवसरमा मन्त्रालयले आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले भन्नुभयो, “राजनीतिक क्रान्ति सकिएको छ, अब मुलुकमा विज्ञान प्रविधिको क्रान्ति हुनुपर्छ ।”

मन्त्री पौडेलले विद्यालय तहबाट नै प्राविधिक शिक्षा लागू हुनुपर्नेमा जोड दिदैं कक्षा १२ सम्म जीवनउपयोगी शिक्षा अनिवार्य गर्नुपर्ने खाँचो रहेको आवश्यकता औल्याउनुभयो । “प्राविधिक शिक्षा अनिवार्य गरेर पाठ्यक्रम संरचना स्वीकृत भएको छ”, उहाँले भन्नुभयो, “सरकारले १४० विद्यालयमा प्राविधिक शिक्षा पढाउन अनुमति दिएको र आगामी दिनमा पनि अरू विद्यालयमा यस्ता स्वीकृति दिइने कार्यलाई निरन्तरता दिइनेछ ।” सरकारले २०६१ मा बनेको विज्ञान नीति संशोधनको तयारीसमेत गरेको मन्त्री पौडेलले बताउनुभयो ।

पूर्वमन्त्री गणेश साहले अबको २० वर्षपछि पनि उपयोगी हुने खालका विज्ञान नीति बनाउनुपर्नेमा जोड दिदैं खोज र अनुसन्धानका लागि राज्यले एउटा कोष खडा गर्नुपर्ने बताउनुभयो । मन्त्रालयका सचिव खगराज बरालले विज्ञान विषय लाई सहज बनाइनुपर्नेमा जोड दिदै “यसलाई गाह्रो विषय बनाएकाले नै धेरै विद्यार्थीले पढ्न चाहेका छैनन् भन्नुभयो ।”
-रासस

प्रकाशित मिति : २०७५, १ आश्विन सोमबार  ९ : ३९ बजे

सप्तरीमा एमाले झण्डा र उम्मेदवारको तस्वीर जलाएको भिडियो सार्वजनिक

राजविराज । सप्तरी निर्वाचन क्षेत्र नम्बर २, महदेवा गाउँपालिकाबाट प्रतिनिधिसभा सदस्य

नेकपाका २ दर्जन कार्यकर्ताले उठाए बिद्रोहको झण्डा, मनोजजंगलाई बिजयी गराउने उद्घोष

सिन्धुली । आगामी फागुन २१ गते हुने प्रतिनिधीसभा सदस्यको निर्वाचन

रास्वपा सभापतिकै घरबाट तीन थान भरूबा बन्दुक बरामद

सिन्धुली । निर्वाचनको मिति नजिकिंदै गएका बेला सिन्धुलीमा राष्ट्रिय स्वतन्त्र

देश जलाउनेले देश बनाउने पार्टीको झण्डा जलाए : एमाले

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ताले बिहीबार राति नेकपा

झण्डा जलाउने रास्वपा कार्यकर्तालाई नेशनल भोलेन्टियर फोर्सको कडा चेतावनी

काठमाडौं। दाङमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताले नेकपा एमालेको