२०८२, ९ फाल्गुन शनिबार

सङ्घीयता कमजोर हुन नदिन सरकार गम्भीर हुनुपर्छ :गच्छदार

सङ्घीयता कमजोर हुन नदिन सरकार गम्भीर हुनुपर्छ :गच्छदार


विराटनगर, १ असोज: नेपाली काङ्ग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदारले सरकार शान्तिसुरक्षा कायम गर्नतर्फ क्रियाशील रहनुपर्ने बताउनुभएको छ । आज विराटनगरमा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले प्रतिपक्षीले सरकारको काम हेरेर धारणा बनाउने गरेकाले दुई तिहाइ बहुमतको यो सरकार विकास निर्माणका कार्यलाई तीव्रता दिनुपर्नेमा जोड दिनुभयो ।

उपनेता गच्छदारले सङ्घीयता कमजोर हुन नदिनतर्फ सरकार गम्भीर हुनुपर्ने बताउँदै जनताको चाहना र भावनालाई सरकारले उच्च प्राथमिकता दिनुपर्छ भन्नुभयो । नेपाली काङ्ग्रेसमा विगतदेखि नै रहेको विवाद समाधान हुनुपर्छ बताउँदै मधेशी जनअधिकार फोरम (लोकतान्त्रिक)नेपाल र नेपाली काङ्ग्रेसबीच भएको सहमति कार्यान्वयन हुने आश्वासन आफूले पाएको पनि जानकारी दिनुभयो ।
-रासस

प्रकाशित मिति : २०७५, १ आश्विन सोमबार  ९ : २२ बजे

सप्तरीमा एमाले झण्डा र उम्मेदवारको तस्वीर जलाएको भिडियो सार्वजनिक

राजविराज । सप्तरी निर्वाचन क्षेत्र नम्बर २, महदेवा गाउँपालिकाबाट प्रतिनिधिसभा सदस्य

नेकपाका २ दर्जन कार्यकर्ताले उठाए बिद्रोहको झण्डा, मनोजजंगलाई बिजयी गराउने उद्घोष

सिन्धुली । आगामी फागुन २१ गते हुने प्रतिनिधीसभा सदस्यको निर्वाचन

रास्वपा सभापतिकै घरबाट तीन थान भरूबा बन्दुक बरामद

सिन्धुली । निर्वाचनको मिति नजिकिंदै गएका बेला सिन्धुलीमा राष्ट्रिय स्वतन्त्र

देश जलाउनेले देश बनाउने पार्टीको झण्डा जलाए : एमाले

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ताले बिहीबार राति नेकपा

झण्डा जलाउने रास्वपा कार्यकर्तालाई नेशनल भोलेन्टियर फोर्सको कडा चेतावनी

काठमाडौं। दाङमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताले नेकपा एमालेको