२०८२, १० पुस बिहीबार

गाउँ-गाउँमा सिहंदरबार कि जनप्रतिनिधिको घरमा सिहंदरबार ? जनता अन्यौलमा

गाउँ-गाउँमा सिहंदरबार कि जनप्रतिनिधिको घरमा सिहंदरबार ? जनता अन्यौलमा


जाजरकोट, ३१ भदौ यहाँका जनप्रतिनिधिले सदरमुकाममा रहेका आफ्नै घरमा स्थानीय सरकार चलाएका छन् ।  आफ्नै घरमा चलाएका कार्यालयको पनि आवास खर्चस्वरुप रकम झुक्तानी लिने गरेको पाइएको छ । जिल्लाको बारेकोट गाउँपालिकाले सदरमुकाममा कार्यालय राखेर काम गर्दै आएको वर्ष दिन बित्यो ।

उता लिम्सामा सम्पर्क कार्यालय भए पनि सबै काम सदरमुकामबाटै हुने गरेको छ । गाउँपालिकाका लेखापाल राजबहादुर सिंहको घरमा एक वर्षअघि देखि कार्यालय सञ्चालन हुँदै आएको छ ।

त्यस्तै कुशेगाउँपालिकाको कार्यालय पनि सदरमुकाममै छ । यो गाउँपालिकाको काम पनि सदरमुकाममै हुने गरेको छ । कुशेगाउँपालिकाकी उपाध्यक्ष रामछाया शाहीको सदरमुकामको घरमा कार्यालय सञ्चालन हुँदै आएको हो । गाउँमा पनि सम्पर्क कार्यालय स्थापना गरी कहिलेकाहीँ काम हुने गरेको छ । सदरमुकाम र गाउँमा गरी बारेकोट र कुशेगाउँपालिकाले डबल भाडा तिर्दै आएका छन् ।

सदरमुकाम खलङ्गामा भेरी नगरपालिकाको आफ्नै भवन बन्दै छ । भवन नबन्दासम्म भेरी ज्ञानोदय क्याम्पसको भवन भाडामा लिएर काम सञ्चालन भइरहेको नगरपालिकाले जनाएको छ ।

गाउँमै कार्यालय सञ्चालन गरी भाडाको भवनमा बस्दै आएको नलगाडले पनि वडादेखि नगरपालिका कार्यालयसम्मको भाडा तिर्दै आएको छ । नलगाड नपा–८ स्थित मन्मैमा साबिकको खगेनकोट गाविसको भवन छँदाछँदै वडाध्यक्ष गोविन्द शाहीको मनोमानीका कारण भाडामा कार्यालय राख्नु परेको कार्यपालिका सदस्य नरबहादुर विकले बताउनुभयो ।

शिवालय गाउँपालिकाले घर भाडाबापत मासिक रु ५५ हजार भुक्तानी गर्दै आएको छ । छेडागाड नगरपालिकाले पनि गाउँमा रहेको कार्यालय र सदरमुकाममा रहेको कार्यालय गरी दोहोरो भाडा तिरेर दैनिक काम गर्दै आएको छ ।

सदरमुकाममै घर भएका जनप्रतिनिधिले समेत आवासको सुविधा भन्दै रकम लिने गरेका छन् । यहाँका सात स्थानीय तहले गत आवमा रु ५० लाख घर भाडामा खर्चेको तथ्याङ्क रहेको छ ।

प्रकाशित मिति : २०७५, ३१ भाद्र आईतबार  १ : १६ बजे

सिन्धुलीको कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी

सिन्धुली। जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कमलामाई नगरपालिका क्षेत्रमा अवस्था तनावग्रस्त

विश्वप्रकाश शर्माद्वारा आगामी निर्वाचन नलड्ने घोषणा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी निर्वाचन नलड्ने

कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ।

दलका कार्यालयको क्षति संकलन गर्दै सरकार, कांग्रेसबाट सुरु

काठमाडौं । सरकारद्वारा गठित उच्चस्तरीय राजनीतिक संवाद समितिले जेनजी आन्दोलनका

एमाले पार्टी कार्यालय पुगे सञ्चारमन्त्री जगदीश खरेलसहित सरकारी टोली

काठमाडौं । जेनजी आन्दोलनका क्रममा आगजनी भएको नेकपा एमालेको केन्द्रीय