२०८३, २१ जेष्ठ शुक्रबार

लिपुलेक सम्झौता नेपालको सार्वभौमिकतामाथि हस्तक्षेप : डा. भट्टराई

लिपुलेक सम्झौता नेपालको सार्वभौमिकतामाथि हस्तक्षेप : डा. भट्टराई


काठमाडौं । भारत र चीनबीच लिपुलेकलाई व्यापारिक नाका बनाउने सहमतिप्रति नेकपा एमालेका नेता तथा परराष्ट्र नीति विज्ञ डा. राजन भट्टराईले कडा आपत्ति जनाएका छन्। उनले नेपाल सरकारको स्वीकृति बिना नेपालको भूमि प्रयोग गर्न खोजिएको सहमति पूर्ण रूपमा अमान्य रहेको स्पष्ट पारेका छन् ।

भट्टराईले सामाजिक सञ्जालमा लेखेका छन् “नेपालको भूभागमा नेपालको सहमति बिना गरिने कुनै पनि सम्झौता अस्वीकार्य छ। यो नेपालको सार्वभौमिकतामाथिको स्पष्ट हस्तक्षेप हो ।” उनले भारत–चीनको कदमले नेपालको भौगोलिक अखण्डता र राष्ट्रिय स्वाभिमानमाथि प्रहार गरेको भन्दै सरकारलाई कूटनीतिक रूपमा कडा प्रतिक्रिया जनाउन आग्रह गरेका छन्। यसअघि नेपाल सरकार स्वयंले पनि लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको अभिन्न अंग भएको भन्दै औपचारिक आपत्ति जनाइसकेको छ।

प्रकाशित मिति : २०८२, ५ भाद्र बिहीबार  ३ : १५ बजे

विश्व वातावरण दिवस : नाराभन्दा बढी कार्यान्वयनको आवश्यकता

काठमाडौं । आज विश्व वातावरण दिवस देशभर विभिन्न कार्यक्रमका साथ

आफ्नै सरकारलाई उन्मुक्ति, अरूलाई छानबिन ? सम्पत्ति आयोगको टीओआरमै उठ्यो गम्भीर प्रश्न

काठमाडौं । भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नारा दिँदै गठन गरिएको सम्पत्ति

राष्ट्रिय सभा बैठकमा विपक्षीको अवरोध, सीमासम्बन्धी अभिव्यक्तिमा स्पष्टीकरण माग

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभामा दिएको भनिएको सीमासम्बन्धी अभिव्यक्तिलाई