२०८३, ३० जेष्ठ आईतबार

मित्र राष्ट्रसँगको सम्बन्ध राम्रो बन्दै गएको छ : मन्त्री ज्ञावली

मित्र राष्ट्रसँगको सम्बन्ध राम्रो बन्दै गएको छ : मन्त्री ज्ञावली


चितवन, २९ भदौ: परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञावलीले मित्रराष्ट्रसँगको आपसी सम्बन्ध धेरै राम्रो बन्दै गएको बताउनुभएको छ । आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उहाँले नयाँ सरकार गठन भएपछि नेपालमा भएका अन्तर्राष्ट्रिय सम्मेलन, द्विपक्षीय वार्ता एवं नेपालबाट भएका महत्वपूर्ण भ्रमणले मित्रराष्ट्रसँगको सम्बन्धलाई नयाँ उचाइमा पु¥याउन मद्दत गरेको बताउनुभयो ।

नेपालले छोटो समयमा पूर्वाधार अभाव हुँदासमेत भव्यताका साथ बहुक्षेपीय प्राविधिक प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) सम्मेलन सम्पन्न गरेको भन्दै उहाँले यसबाट गर्व गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “ बिम्स्टेकलाई आकार दिने क्षेत्रीय आर्थिक र प्राविधिक सहयोगको प्रभावकारी संयन्त्रका रुपमा प्रयोग गर्ने दृष्टिले राम्रो काम ग¥याँै ।”

नेपाल र थाइल्याण्डले भारतमा भएको सुरक्षा गोष्ठीमा पर्यवेक्षकका रुपमा सहभागिता जनाएको भन्दै उहाँले बिम्स्टेकलाई सुरक्षामा भन्दा पनि आर्थिक मुद्दामा केन्द्रित गर्नुपर्ने बताउनुभयो । सरकारले जिम्मेवारी सम्हालेको ६ महिना कटेको भन्दै उहाँले यस बीचमा सङ्घीयतालाई आकार दिने काम अघि बढेको बताउनुभयो । निर्मला हत्याकाण्डमा आरोपीलाई संरक्षण ग¥यो भन्नु पूर्वाग्रही टिप्पणी रहेको भन्दै उहाँले दोषी उम्किन नपाउने बताउनुभयो ।

प्रकाशित मिति : २०७५, २९ भाद्र शुक्रबार  ६ : ४७ बजे

कोशी प्रदेशमा खेलकुदलाई उच्च प्राथमिकता : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदेश सरकारले

विराटनगरमा कांग्रेस इतर समूहको शक्ति प्रदर्शन : कोइराला–सिटौला–गच्छदार एकै मञ्चमा

विराटनगर । नेपाली कांग्रेसको संस्थापन इतर समूहले विराटनगरमा शक्ति प्रदर्शनसहित

स्थानीय र प्रदेश निर्वाचन लक्षित गर्दै एमालेको देशव्यापी ‘मिसन जागरण’ सुरु

काठमाडौँ । नेकपा एमालेले आगामी स्थानीय तह र प्रदेशसभा निर्वाचनलाई

दलित उत्पीडित आन्दोलन सशक्त बनाउन कोशी प्रदेश तदर्थ समिति गठन

काठमाडौं । नेपाल दलित उत्पीडित केन्द्र कोशी प्रदेश समन्वय सम्पर्क

रोपाइँको मुखमा किसानलाई मल–बीउ उपलब्ध गराउन एमालेको माग

काठमाडौं । नेकपा एमाले बागमती प्रदेश कमिटीले धान रोपाइँ तथा