२०८३, ७ कार्तिक शनिबार

बिपी राजमार्गमा रातको समय यातायात सञ्चालनमा रोक

बिपी राजमार्गमा रातको समय यातायात सञ्चालनमा रोक


रामेछाप । सिन्धुली र रामेछापको संयुक्त सुरक्षाका लागि गठित सुरक्षा समितिको सिफारिसअनुसार बिपी राजमार्गमा सिन्धुलीदेखि खुर्कोट हुँदै काठमाडौं जान–आउन प्रयोग हुने सार्वजनिक तथा निजी सवारी साधनको सञ्चालनमा थप ३० दिनका लागि रोक लगाइएको छ ।

जिल्ला प्रशासन कार्यालय सिन्धुलीले सोमबार सूचना जारी गर्दै असार २० गतेदेखि थप ३० दिनको लागि प्रत्येक दिन साँझ ६ः३० बजेबाट बिहान ५ः०० बजेसम्म राजमार्ग प्रयोग गर्ने सार्वजनिक तथा निजी सवारीसाधनलाई निषेध गरिएको जनाएको छ । प्रशासनले गत असार ६ गतेबाट १५ दिनको लागि रातको समयमा सवारी सञ्चालनमा रोक लगाएको थियो । अझै वर्षा नरोकिएकाले थप एक महिनाको लागि रातको समयमा सवारी सञ्चालनमा रोक लगाइएको स्थानीय प्रशासनले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालयका प्रमुख प्रशासकीय अधिकृत प्रवीण कटवालद्वारा हस्ताक्षरित सूचनामा  यातायात सञ्चालनमा रोक लगाउँदा परेको असुविधा प्रति क्षमा याचन गरिएको छ ।

मिति २०८२-०३-०६ गतेको काभ्रेपलाञ्चोक, सिन्धुली र रामेछापको संयुक्त सुरक्षा बैठकले मनसुन सक्रिय अवस्थामा रहेकोले कुनै पनि समयमा वर्षातका कारण विपद्को अवस्था सिर्जना हुन जाने भएकोले सो हुन नदिन र यात्रु तथा सवारी सुरक्षामा सतर्कता अपनाउनका लागि बिपी राजमार्गको सिन्धुली, खुर्कोटबाट काठमाडौं तर्फ जाने सार्वजनिक÷निजी यात्रुवाहक सवारी साधनलाई साँझ ६ः३० बजे देखि बिहान ५ः०० बजेसम्म प्रस्थान गर्न १५ (पन्ध्र) दिन (२०८२-०३-२०) सम्मको लागि निषेध गरिएको ब्यहोरा विदितै छ ।

हाल पनि मनसुन सक्रिय अवस्थामा नै रहेकोले बिपी राजमार्गको सिन्धुली, खुर्कोटबाट काठमाडौं तर्फ जाने सार्वजनिक ÷ निजी यात्रुवाहक सवारी साधनलाई साँझ ६ः३० बजे देखि बिहान ५ः०० बजेसम्म प्रस्थान गर्न आजबाट थप ३० (तीस) दिनका लागि निषेध गरिएको ब्यहोरा अनुरोध छ’, शुक्रबार जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति : २०८२, २१ असार शनिबार  ११ : ३४ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना