२०८३, १९ श्रावण बुधबार

श्रेयजको ‘बहुरूपी’ सार्वजनिक

श्रेयजको ‘बहुरूपी’ सार्वजनिक

सपना र भोगाइको संगम हो ‘बहुरूपी’


काठमाडौँ । कथाकार श्रेयज सुवेदीको कथासङ्ग्रह ‘बहुरूपी’ नयाँ प्रयोगसहित लोकार्पणमा गरिएको छ । शनिबार काठमाडौँका ७ स्थानबाट पाठकहरूसँगको अन्तरक्रिया, पुस्तक हस्ताक्षर र बिक्रीसँगै पुस्तक सार्वजनिक भएको हो ।

काठमाडौं बालुवाटारस्थित बुक्स मण्डला, चियावाला थापाथली, सिभिल मल सुन्धारा, आइप्लेक्स मल बानेश्वर र ललितपुरको लबिम मल, चियामाया झम्सिखेल, पिमवहालमा राखिएका बुक स्टलमा पुगेका पाठकले ‘बहुरूपी’ खरिद गरेका थिए ।

सिनेमाको बजारीकरण गरेजस्तै पुस्तकको प्रचार(प्रसार भएको देख्दा खुशी लागेको स्टलमा पुगेका पाठकहरूले बताए । पुस्तक लोकार्पणको परम्परागत शैली त्यागेर अब नयाँ बजार व्यवस्थापनमा लाग्नुपर्ने बताउँछन्, बुकहिलका अध्यक्ष भूपेन्द्र खड्का। उनी भन्छन् ‘कतिपय पुस्तक राम्रा हुँदाहुँदै पनि लक्षित पाठकसम्म र्पुयाउन सकिएको हुँदैन, नयाँ तरिकाले त्यसको प्रचारप्रसार गर्दा के रैछ भनेर पाठकलाई रूचि हुन सक्छ । बहुरूपीमा हामीले त्यही गरेका हौँ ।’

सधैं शान्त बस्न ? चाउने श्रेयजले फरक तरिकाले पुस्तक लोकार्पण भएकोमा खुशी लागेको बताए । उनले भने, ‘मेरा कथामा मेरै शैलीको मेरैपन भएकोले केही फरक होस् भन्ने थियो, आजको लोकार्पणले त्यसको शुरुवात भएको छ ।’ कथावाचनको परम्परागत शैलीभन्दा भिन्न रहेर ६ वटा खण्डमा विभाजन गरिएका १५ वटा कथाहरू बहुरूपीमा रहेका छन् । ती हरेक कथाले मधेशको जीवन, प्रकृति, भूगोल, भाषा र स्थानीयपनलाई बोकेका छन् । युवाका मनोविज्ञान, सपना र भोगाइलाई आकर्षक शैलीमा श्रेयजले प्रस्तुत गरेका छन्। बुकहिलले आफ्नो महत्त्वाकांक्षी पुस्तकको रूपमा सार्वजनिक गरेको २२८ पृष्ठको पुस्तकको बजार मूल्य ५५५ रुपैयाँ रहेको छ ।

प्रकाशित मिति : २०८२, ९ बैशाख मंगलबार  १० : ०३ बजे

रेडक्रसका ६२ जिल्ला शाखालाई २१ दिनभित्र बक्यौता बुझाउन निर्देशन

काठमाडौं । नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयले ६२ वटा जिल्ला

ओलीको आग्रहपछि पनि हिक्मत कार्कीको अडान कायम, आज फेरि निर्णायक छलफल

विराटनगर । नेकपा (एमाले) भित्र कोशी प्रदेशको मुख्यमन्त्री परिवर्तनको विषयमा

अर्थमन्त्री स्वर्णिम वाग्लेले आज राष्ट्र बैंकका कार्यकारी निर्देशकसँग छलफल गर्दै

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज नेपाल राष्ट्र बैंकका

आज यी क्षेत्रमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह

काठमाडौं । देशभर मनसुनी वायु सक्रिय रहँदा बुधबार केही प्रदेशका

नसर्ने रोगको जोखिम रोक्न सूर्यविनायक र बेथानचोकको सहकार्य – औषधिभन्दा चेतना ठूलो : संयोजक रविन्द्र सापकोटा

भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिका र काभ्रेको बथानचोक गाउँपालिकाको स्वास्थ्यकर्मीलाई