२०८३, ८ कार्तिक आईतबार

होटल संचालकलाई धम्की दिएको आरोपमा युवक पक्राउ

होटल संचालकलाई धम्की दिएको आरोपमा युवक पक्राउ


रौतहट । सर्लाही प्रहरीले होटल संचालकलाई धाकधम्की दिएको आरोपमा एक जनालाई पक्राउ गरेको छ । आफूलाई नेपाल प्रहरीको व्यूरोको इन्सपेक्टर हुँ भनेर होटल संचालकलाई धाकधम्की दिएको आरोपमा प्रहरीले युवकलाई पक्राउ गरेको हो ।

प्रहरी टोलीले हरिवन नगरपालिका वडा नम्वर ६ का २९ बर्षीय अनुक्रम खरेललाई बुधबार साँझ पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डिएसपी सरोज राईले जानकारी दिए । उनका अनुसार मलंगवा नगरपालिका वडा न.१० स्थितमा रहेको साहारा गेष्ट हाउसका संचालकलाई धाकधम्की दिएको आरोपमा पक्राउ गरिएको हो । होटल संचालकलाई धाकधम्की दिएको सूचना प्राप्त हुनसाथ जिल्ला प्रहरी कार्यालय मलंगवाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको उनको भनाइ छ  ।

जिल्ला प्रहरी कार्यालय मलंगवा सर्लाहीले जारी गरेको प्रेस नोटमा पक्राउ परेका खरेल नेपाल प्रहरीको इन्सपेक्टर नभएको र उनको शरिर खानतलासी गर्दा प्रतिबन्धित लागुऔषध स्मास्मो ३ पत्ता २४ वटा ट्याबलेट फेला परेको उल्लेख गरेको छ । पक्राउ परेका खरेललाई प्रहरी हिरासतमा राखेर अवश्यक अनुसन्धान भईरहेको रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

प्रकाशित मिति : २०८१, २० चैत्र बिहीबार  ११ : ०५ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना