२०८३, १० भाद्र बिहीबार

पिको लघु जलविद्युत्बाट ७० घर झिलीमिली

पिको लघु जलविद्युत्बाट ७० घर झिलीमिली


खोटाङ, २७ भदौ : पिको लघु जलविद्युत् आयोजना सञ्चालनमा आएपछि सोल्मा लामिडाँडाका स्थानीयवासी खुसी भएका छन् । साकेला गाउँपालिका–३ खिदिमास्थित खोबुखोलामा सञ्चालित उक्त जलविद्युत् आयोजनाबाट सोल्मा लामिडाँडाका ७० घर झिलीमिली भएको छ । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र खुमलटार ललितपुरको ५५ प्रतिशत, स्थानीयवासीको ४० र वडा कार्यालयको पाँच प्रतिशत लगानीमा सञ्चालनमा आएको उक्त आयोजनाबाट ९ दशमलव ५ किलोवाट विद्युत् उत्पादन हुने गरेको छ ।

सो जलविद्युत्बाट ल्याइएको पानीबाट सुधारिएको व्यावसायीक पानी घट्टासमेत सञ्चालन गरिएको छ । लघु जलविद्युत्मार्फत २४ औं घण्टा बत्ती बाल्न, मिल तथा कम्प्युटर सञ्चालनलगायत विद्युतीय कामका लागि सहज भएको निर्माण उपभोक्ता समितिका सचिव समराज राईले जानकारी दिनुभयो । वर्षौ अघिदेखि टुकी तथा सोलारमार्फत उज्यालो उपभोग गर्दै आएका स्थानीयवासी २४ औं घण्टा विद्युत उपभोग गर्न पाएपछि हर्षित भएका छन् । विद्युत् उत्पादन गृहसँगै जडान गरिएको सुधारिएको पानी घट्टामा प्रति मिनेट ८ केजी अन्न पिसानी गर्न सकिने निर्माण उपभोक्ता समितिले जनाएको छ ।

सुधारिएको पानी घट्टा सञ्चालनमा आएपछि छिमेकी वडाका स्थानीयवासीसमेत सेवा लिन आउने गरेको समितिका सचिव राईले जानकारी दिनुभयो । जिल्लाको दक्षिणी पूर्वी क्षेत्रमा पर्ने खिदिमास्थित सोल्मा लामिडाँडामा यसअघि ढिकीजाँतोमार्फत कुटानीपिसानी गर्दै आइएको थियो । वातावरणीय हिसाबले राम्रो मानिएको सुधारिएको पानी घट्टा सञ्चालनमा आएपछि वर्षौदेखि कष्टका साथ कुटानीपिसानी गर्दै आएका महिला सबैभन्दा बढी लाभान्वित भएका छन् । डिजेलबाट चल्ने मिलमा पिसानी गर्दा लाग्ने खर्चभन्दा आधा कम मूल्यमा सुधारिएको पानी घट्टामा पिसानी गर्न सकिने जनाइएको छ । करीब ९० मिटरमाथिबाट झारिएको पानीबाट सञ्चालन गरिएको सुधारिएको पानी घट्टा सञ्चालन भएपछि आर्थिक बचतसमेत भएको स्थानीयवासीले बताउनुभयो ।

प्रकाशित मिति : २०७५, २७ भाद्र बुधबार  ७ : ४४ बजे

एमाले नेता घिसिङद्धारा वेपत्ता आफन्तजनको नाम जिल्ला प्रशासनमा टिपाउन अपिल

सिन्धुली । नेकपा एमाले सिन्धुलीका प्रचार विभाग प्रमुख कर्ण घिसिङले तिब्बत

अस्पतालमा बेपत्ता आफन्त खोज्दै बाढी प्रभावित, नाम टिपाउँदै आफन्तजन

काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीपछि हराएका तथा सम्पर्कविहीन आफन्तको

बाढीका घाइतेको उपचारमा चक्रदेवी अस्पताललाई इन्धन र विद्युत्को संकट

काठमाडौं । रसुवा र नुवाकोटमा आएको बाढीपछि घाइतेको उपचारको मुख्य

पृथ्वी राजमार्गमा यातायात ठप्प, सड्कमा थुप्रिएको लेदो हटाउने काम जारी

काठमाडौं । भोटेकोशी नदीमा आएको भीषण बाढीपछि प्रभावित सडकमार्गमा अझैंपनि

बाढी प्रभावित क्षेत्रमा मुख्यमन्त्री थापामगरसहितको टोली सक्रिय

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरसहित प्रदेश सरकारका मन्त्री