२०८३, ४ आश्विन सोमबार

शीतलहरले राजमार्गमा सवारी आवागमन प्रभावित

शीतलहरले राजमार्गमा सवारी आवागमन प्रभावित


काठमाडौं: पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपरासी पश्चिमको बर्दघाट नगरपालिका ४ खुर्सानी खोलामा सवारी आवागमन प्रभावित भएको छ ।

मंगलबार राति १ बजेतिर दृश्य कमजोर भएपछि र बाटो चिप्लो भएपछि दुईतर्फी नै बाटो अवरुद्ध भएको थियो । जसका कारण दुवैतर्फ २०० बढी सवारी साधन रोकिएका थिए ।

यो सूचना पाएपछि राति नै सो क्षेत्रमा प्रहरी टोली खटाइएको थियो । डिएसपी रेशम बोहराका अनुसार आज बिहानपख सवा ३ बजेतिर एकतर्फी सवारी साधन सञ्चालन भएका थिए । तर, अहिले पनि बाटो चिप्लो भएकाले मालबाहक गाडीहरु सञ्चालनमा कठिनाइ भइरहेको उनले बताए ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान तराई मधेशका धेरै स्थानहरूमा हुस्सु/कुहिरो लागेको छ ।

यसले जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई उड्डयनमा क्षणिक  असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध छ।

तर, महाशाखाले शीतलहर चलेको घोषणा भने गरिसकेको छैन ।

प्रकाशित मिति : २०८१, २४ पुस बुधबार  ७ : २८ बजे

युद्धविरामको सम्भावनाबीच ट्रम्प र जेलेन्स्की न्यूयोर्कमा भेट्दै

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भोलोदिमिर

एमाले केन्द्रीय कमिटी बैठकका एजेण्डाबारे सचिवालयमा छलफल

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठकले केन्द्रीय कमिटी बैठकको एजेन्डाबारे

सोमबार डलरको खरिददर १५३.१०, बिक्रीदर १५३.७० रुपैयाँ

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय

एमाले सचिवालयबाट पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदन पारित, अब केन्द्रीय कमिटीमा पेस गर्ने

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठकले निर्वाचन समीक्षा तथा पार्टी

सलमान खानले बिग बोसको स्टेजमै किन टोपी र ज्याकेट खोले ? 

काठमाडौं । बलिउड अभिनेता सलमान खानले आफ्नो तौल र रूपरङलाई