२०८३, ५ आश्विन मंगलबार

नेपालमा देखियो मंकीपक्सको संक्रमण

नेपालमा देखियो मंकीपक्सको संक्रमण


काठमाडौ: नेपालमा पुनः मंकीपक्स सङ्क्रमण देखिएको छ। स्वास्थ्य तथा जनसङख्याका प्रवक्ता डा प्रकाश बुढाथोकीका अनुसार तनहुँका ३६ वर्षीय एक पुरुषमा सङ्क्रमण पुष्टि भएको हो। ‘साउदी अरबबाट बिहीबार स्वदेश आएका निजको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गरिएको थियो,’ उनले भने, ‘अहिले उनको अवस्था सामान्य छ।’

निजको टेकुस्थित शुक्रराज अस्पतालमा ‘आइसोलेसन’मा राखेर उपचार भइरहेको छ। दुई वर्षअगाडि पनि नेपाल आएका एकजना विदेशीमा मंकीपक्स सङ्क्रमणको देखिएको थियो। मंकीपक्स सङ्क्रमण देखिएपछि सीमा नाका र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेका ‘हेल्थ डेक्स’लाई सतर्कता अपनाउन सरकारले निर्देशन दिएको प्रवक्ता बुढाथोकीले बताए।

प्रकाशित मिति : २०८१, ५ पुस शुक्रबार  ९ : ४० बजे

बसमा आगलागी : मृतकको पहिचान खोज्दै प्रहरी, आफन्त अझै सम्पर्कमा आएनन्

काठमाडौं । त्रिपुरेश्वरमा सोमबार बसमा आगलागी हुँदा जलेर मृत्यु भएका

मुगुमा आयोडिनयुक्त नुनको ढुवानी र भण्डारण

मुगु । मुगुको सदरमुकाम गमगढीमा स्थलमार्गबाट ल्याइएको आयोडिनयुक्त नुन गोदाममा

भोटेकोशी बाढी अपडेट : १ हजार ४५१ जनाको शव फेला

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण मंगलबार बिहान

भोटेकोशी–त्रिशूली बाढीबाट पर्यटन क्षेत्रमा ५२ अर्ब ६७ करोडको क्षति भएको प्रतिवेदन पेश 

काठमाडौं । भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढी र त्यसपछिको