२०८१, २४ फाल्गुन शनिबार

हेटौंडा–१२ का वडाध्यक्षमा नेपाली काङ्ग्रेस विजयी

हेटौंडा–१२ का वडाध्यक्षमा नेपाली काङ्ग्रेस विजयी


हेटौंडा । मकवानपुरको हेटौंडा–१२ मा भएको स्थानीय तहको उपनिर्वाचन अन्तरगत वडाध्यक्ष पदमा नेपाली काङ्ग्रेसका अर्जुन प्रसाद तिवारी विजयी भएका छन् ।

उनी २ हजार ६३ मत प्राप्त गर्दै विजयी भएका हुन् । उनको निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका रविकुमार प्रधानले १ हजार ५ सय ६० मत प्राप्त गर्दा तेस्रो स्थान प्राप्त गरेका एमाले उम्मेदवार राजेश नगरकोटीले १ हजार ३ सय ९८ मत प्राप्त गरेका थिए ।

यस अघि यो वडा नेकपा माओवादी केन्द्रले जितेको थियो । माओवादीबाट वडाध्यक्ष जितेका ललित घलान जिल्ला समन्वय समिति मकवानपुरको प्रमुख भएपछि रिक्त भएको पदमा निर्वाचन भएको हो । कुल ८ हजार ५३ मत रहेको वडामा ५ हजार ४ सय ८६ मत खसेको थियो  ।

प्रकाशित मिति : २०८१, १७ मंसिर सोमबार  १० : ०६ बजे

देशको आर्थिक अवस्था सुखद छैन् गृहमन्त्री लेखक

काठमाडौं । गृहमन्त्री रमेश लेखकले पछिल्लो समय देशको आर्थिक अवस्था

साँखुमा स्कुल बस दुर्घटना : छ जनाकाे मृत्यु, ४० घाइते 

काठमाडौं: काठमाडौंको शंखरापुर नगरपालिका ५ स्थित साँखु–नगरकोट सडखण्डमा स्कुल बस

प्रचण्डको अभिव्यक्तिमा एमालेको आपत्ति

काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौँलाले नेकपा माओवादी

हामीले क्रान्तिका कुरा गर्यौं तर हुलाक सेवालाई परिवर्तन गर्न सकेनौं’

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुव्वा गुरुङले राजनीतिक

सशस्त्र प्रहरीको विपद् प्रतिकार्यका लागि ५३ औं टोली तयार

सप्तरी । विपद् व्यवस्थापन कार्यमा खटिँदै आएको सशस्त्र प्रहरी बल,