२०८३, ३ आश्विन आईतबार

हेटौंडा–१२ का वडाध्यक्षमा नेपाली काङ्ग्रेस विजयी

हेटौंडा–१२ का वडाध्यक्षमा नेपाली काङ्ग्रेस विजयी


हेटौंडा । मकवानपुरको हेटौंडा–१२ मा भएको स्थानीय तहको उपनिर्वाचन अन्तरगत वडाध्यक्ष पदमा नेपाली काङ्ग्रेसका अर्जुन प्रसाद तिवारी विजयी भएका छन् ।

उनी २ हजार ६३ मत प्राप्त गर्दै विजयी भएका हुन् । उनको निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका रविकुमार प्रधानले १ हजार ५ सय ६० मत प्राप्त गर्दा तेस्रो स्थान प्राप्त गरेका एमाले उम्मेदवार राजेश नगरकोटीले १ हजार ३ सय ९८ मत प्राप्त गरेका थिए ।

यस अघि यो वडा नेकपा माओवादी केन्द्रले जितेको थियो । माओवादीबाट वडाध्यक्ष जितेका ललित घलान जिल्ला समन्वय समिति मकवानपुरको प्रमुख भएपछि रिक्त भएको पदमा निर्वाचन भएको हो । कुल ८ हजार ५३ मत रहेको वडामा ५ हजार ४ सय ८६ मत खसेको थियो  ।

प्रकाशित मिति : २०८१, १७ मंसिर सोमबार  १० : ०६ बजे

सलमान खानले बिग बोसको स्टेजमै किन टोपी र ज्याकेट खोले ? 

काठमाडौं । बलिउड अभिनेता सलमान खानले आफ्नो तौल र रूपरङलाई

एमाले कार्यदल बैठक लम्बियो, सचिवालय बैठक ३ बजे सर्‍यो

काठमाडौं । नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको

संविधान दिवसमा २०० विद्यार्थीलाई कपडा वितरण

काठमाडौं । १२औँ संविधान दिवस तथा राष्ट्रिय दिवस–२०८३ को अवसरमा

भारतको सहयोगमा ‘ब्रेक’ : नेपालले विस्तृत पुनर्निर्माण प्रस्ताव नदिएसम्म रकम घोषणा नहुने

काठमाडौं । भोटेकोशी बाढीपछि पुनर्निर्माणका लागि भारतसँग सहयोग माग्न पुगेका