२०८३, १० जेष्ठ सोमबार

तीजमा पशुपति नाथ दर्शनका लागि ट्राफिक व्यवस्थापन सहज, कुन बाटो ट्राफिक जाम हुदैन ?

तीजमा पशुपति नाथ दर्शनका लागि ट्राफिक व्यवस्थापन सहज, कुन बाटो ट्राफिक जाम हुदैन ?


काठमाडौँ, २६ भदौ : महानगरीय ट्राफिक प्रहरी महाशाखाले हरितालिका तीजको अवसरमा बुधबार महिलालाई सहजरुपमा पशुपति मन्दिर दर्शन गर्नका लागि ट्राफिक व्यवस्थापनलाई सहज बनाएको छ ।

महाशाखाले पशुपति क्षेत्रभित्र सहज दर्शन गर्नका लागि तीनकुनेबाट गौशालातर्फ र गोपीकृष्णबाट चावहिल जान रोक लगाएको छ । नारायणटार पुलबाट करिडोरको बाटो भएर आउने सम्पूर्ण मालवाहक सवारी साधन तथा पानीका ट्याङ्करलाई पनि रोक लगाएको हो ।

यसैगरी पशुपति दर्शनका लागि जाने तीर्थयात्रीलाई तिलगङ्गा, पासवाला सुरक्षा निकाय तथा सरकारी सवारीसाधनलाई गौशाला प्रभाग, पासवाला सवारीसाधनलाई कोषको कार्यालय, भारतीय दर्शनयात्रीलाई अमालकोट चौर र स्वदेशी तीर्थयात्रीलाई सिफलचौरमा पार्किङको व्यवस्था मिलाइएको महाशाखाका प्रमुख वसन्तकुमार पन्तले जानकरी दिनुभयो ।

यस्तै बानेश्वर तीनकुने भएर गौशाला जाने सवारीसाधन सोही रुटबाट फिर्ता हुने, रातोपुल गौशाला हुँदै बौद्ध चल्नेलाई जमल, नारायणगोपालचोक चावहिल हुँदै जाने, नयाँ बसपार्क चावहिल हुँदै जानेलाई सोही रुट फिर्ताको व्यवस्था मिलाइएको महाशाखाले जनाएको छ । यसैगरी रत्नापार्क आउनेलाई पनि सोही रुट जाने व्यवस्था मिलाइएको छ ।

प्रकाशित मिति : २०७५, २६ भाद्र मंगलबार  १० : २४ बजे

एमाले सचिवालय बैठकले पदाधिकारीको वरीयताक्रम टुंगो लगायो

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को सचिवालय बैठकले पार्टी पदाधिकारीहरूको

इरान सम्झौतामा ट्रम्पको ‘ब्रेक’ : हर्मुज अझै अमेरिकी निगरानीमा

काठमाडौं । डोनाल्ड ट्रम्पले इरानसँगको सम्भावित युद्धविराम तथा आणविक सम्झौतामा

अध्यक्ष ओलीकै नेतृत्वमा एमाले अघि बढ्ने : महेश बस्नेत

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सचिव महेश बस्नेतले पार्टी

असार दोस्रो साता एमाले केन्द्रीय कमिटी बैठक बस्ने

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी बैठक असारको

हिमालमा हिमपात, तराईमा तातो हावा : मौसमले देखायो दोहोरो रूप

काठमाडौं । नेपालमा अहिले पश्चिमी वायु, स्थानीय वायु तथा पूर्वी