२०८३, ७ कार्तिक शनिबार

समाजमा परिवर्तन ल्याउन ऐन र कानून परिवर्तन गर्न आवश्यक : मन्त्री गुरुङ

समाजमा परिवर्तन ल्याउन ऐन र कानून परिवर्तन गर्न आवश्यक : मन्त्री गुरुङ


काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले समाजमा परिवर्तन ल्याउनका लागि नियम, कानून  र ऐन परिवर्तन गर्नुपर्ने बताएका छन् ।

बुधबार चलचित्र विकास बोर्डले आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले अहिलेसम्म बनेका नीतिहरु सबै परिवर्तन गरेर समाजलाई अगाडि लैजानुपर्ने बताएका हुन् ।

उनले भने, ‘हाम्रो मन्त्रालय अहिलेसम्म राजा महेन्द्रको कानूनमा चलिरहेको रहेछ । १४ सालको ऐन छ, १५ सालको ऐनले चलिरहेको छ ,१९ सालको १८ सालको ऐन छ । हुलाक ऐन पनि उहीँ छ । अहिले प्रेस काउन्सिल विधेयक मात्र आएको रहेछ । तर। हामीले समाजमा परिवर्तन ल्याउनका लागि नियम, कानून  र ऐन परिवर्तन गर्नुपर्ने देखिन्छ । नियम,कानून र ऐन नै परिवर्तन भएन भने कसरी समाजमा परिवर्तन ल्याउने ? ।’

साथै उनले कलाकारहरुले पनि कलाको माध्यमबाट समाजलाई दिग्दर्शनतर्फ ल्याउन मद्दत पुर्याउने बताए । उनले संगीतको माध्यमबाट पनि समाजमा भैइरहेका नराम्रा गतिविधिहरुलाई समेत न्युनिकरण गर्न सकिने बताए ।

उनले भने,‘कलाकारहरुले पनि कलाको माध्यमबाट समाजलाई दिग्दर्शनतर्फ ल्याउन मद्दत पुर्याउछ साथै संगीतको माध्यमबाट पनि समाजमा भैइरहेका नराम्रा गतिविधिहरुलाई समेत न्युनिकरण गर्न सकन्छ ।’

प्रकाशित मिति : २०८१, ५ मंसिर बुधबार  १० : ४९ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना