२०८२, २९ पुस मंगलबार

पूर्वमन्त्री प्रदीप कटुवाल भन्नुहुन्छः बिपी राजमार्गलाई थप व्यबस्थित गराउन भोलीबाट काम थालिने छ

पूर्वमन्त्री प्रदीप कटुवाल भन्नुहुन्छः बिपी राजमार्गलाई थप व्यबस्थित गराउन भोलीबाट काम थालिने छ


सिन्धुलीः विपी राजमार्गमा दशैंको टिकाको अघिल्लो दिन खोलिएको ट्र्याकलाई भोलीबाट थप व्यवस्थित गराउन काम थालिने भएको छ ।
आज खबरघरसँगको कुराकानीका क्रममा नेकपा (एमाले) सिन्धुलीका नेता प्रदीप कटुवालले सो कुरा बताउनु भएको हो ।
गएको असोज ११ र १२ गतेको अविरल वर्षाका कारण आएको वाढी र पहिरोपछि राजधानी काठमाडौं जोड्ने लाइफलाइनका रुपमा लिइने विपी राजमार्गका पुल र सडकहरु भत्काएपछि त्यस क्षेत्रमा दशैं अगाडिनैं यातायात सञ्चालन गर्न खटिएका नेता कटुवाल टिकाको अघिल्लो दिन साँझ मात्रै सिन्धुली स्थित आफ्नो घर आइपुग्नु भएको थियो ।
दशैं अगाडि कुनै पनि अबस्थामा वगाएका सडक तथा पुलहरुमा बैकल्पिक माध्यमबाट भएपनि सवारी साधन सञ्चालन गर्न भन्दै सडक विभाग, स्थानीय वासिन्दासँगै जनसेवामा जुट्नु भएका नेता कटुवाल एकतर्फी रुपमा विपी राजमार्गमा साना सवारी सञ्चालन भएपछि मात्रै घर फर्कनु भएको थियो ।
सडक निर्माणको जिम्मा नेपाली सेनालाई दिनुपर्छ भन्दै अभिव्यक्ति दिएपछि सुरुवाती चरणमा सरकारी निकायभित्रै आलोचना खेप्नुभएका वागमती प्रदेशका निवर्तमान मन्त्रीसमेत रहनुभएका कटुवाल लगायत एमाले नेताहरुको अथक प्रयासपछि दशैं अगाडिनैं बिपी राजमार्गमा हलुका सवारी साधान सञ्चालनमा आएको थियो ।
अझै ठूला सवारी साधान सञ्चालनमा आउने अबस्था छैन, त्यसैले भोलीबाटै त्यस क्षेत्रमा ठूला सवारी साधान सञ्चालन गर्नका लागि सडक विभाग र स्थानीय तहका साथीहरुको सहयोगमा काम थालिने कटुवालले बताउनुभयो ।
हेभी यान्त्रिक कार्यालय जनकपुर, सडक विभाग, डिभिजन सडक कार्यालय भक्तपुरका इक्युप्मेण्ट र प्राविधिकहरुको सहयोगले दशैंको टिकाको अघिल्लो दिनबाट ट्र्याक खोलिएको उहाँको भनाई थियो । उहाँले अगाडि भन्नुभयोः सडक खुलाउन सकिंदैन, गाडी चल्दैन भनेर सामाजक सञ्जालमा निकै प्रचारवाजी गरिए, तर त्यसलाई हामीले असत्य सावित गरिदियौं । प्रधानमन्त्री केपी शर्मा ओली र भौतिक मन्त्री देवेन्द्र दाहालसँगको नियमित सम्पर्क र सहयोगले दशैंको टिका अगाडिनैं ट्र्याक खोलिएको र अब त्यसलाई अझ व्यबस्थित गराउन काम थालिने छ ।
बन्द राजमार्गमा ट्र्याक खुलाउनका लागि सडक विभागका प्राविधकहरु, नेकपा एमालेका स्थानीय पार्टी कमिटी र नेतृत्व गणका साथै नेपाली कांग्रेसका नेता कार्यकर्ताको सहयोग प्रशंसनिय रहेको कटुवालको भनाई थियो ।
सुनकोशी र रोशी नदीमा आएको वाढी खुर्कोट, मुल्कोट, मंगललटार आसपासका वस्तीहरुमा पसेपछि त्यहाँको मानवीय पिडालाई कम गर्न सबै भन्दा पहिला एमाले नेता कार्यकर्ताहरु फिल्डमा पुगेको स्मरणगर्दै उहाँले राजनैतिक आग्रह र पूर्वाग्रह बिना त्यस क्षेत्रको पूननिर्माणमा सबैजान लाग्नु पर्ने बताउनुभयो ।

ट्र्याक खोल्ने क्रममा सबै क्षेत्रबाट सहयोग भएपनि अलपत्र परेका केही यात्रुहरुले कुरा नबुझ्दा केही असहजता भएको र सेल्फी खिच्न खोज्नेहरुलाई आफूले पटक पटक रोकेको पनि अनुभव सुनाउनुभयो ।
ट्र्याक खोल्नका लागि लागिरहेका अपरेटर र इन्जिनियरहरुलाई निरन्तर हौसला प्रदानगर्दै उनीहरुको रेखदेखमा लाग्दा नेता कटुवालले आफ्नै स्वास्थ्यको पनि ख्याल गर्नुभएन, त्यही कारणले अहिले उहाँ घरमैं हुनुहुन्छ, तर भोलीबाट फेरी विपी राजमार्गमा ठूला सवारी साधान सञ्चालनका लागि काम सुचारु गर्न त्यस तर्फ जाने तयारी गर्नुभएको छ ।
बन्द बिपी राजमार्ग खुलाउन जनसेवामा जुट्नुभएका फोटोहरु एमाले महासचिव शंकर पोखरेलले सामाजिक सञ्जालमा पोष्ट गरेपछि एकाएक चर्चामा आउनु भएका एमाले नेता कटुवाल निरन्तर मैलो हाफपाइन्ट र सर्टमा दशैंको टिकाको अघिल्लो दिन राती फर फर्कनु भएको थियो । त्यस बेला उहाँले लगाउनु भएको जुत्ता फाटेका थिए भने हात र गोडका औंलाहरु वालुवा र माटोले खाएको देखिन्थ्यो ।
राहतमा भएनछ एकद्वार !
कुनै पनि अबस्थामा बन्द बिपी राजमार्गको ट्र्याक खोलेर यातायात सुचारु गर्न लागिरहेका बेला सिन्धुलीका केही स्थानमा राहत बितरणमा भेदभाव भएको कुरा सुनेपछि नेता कटुवालले त्यसलाई रोक्न र एकद्वार प्रणाली मार्फत बितरण गर्न तीन पालिका प्रमुख र उपप्रमुखलाई दबाब दिनुभयो । फिक्कल र गोलन्जोर गाउँपालिकाले एकद्वार प्रणालीलाई कार्यान्वयनमा ल्याए भने सुनकोशीमा त्यस्तो देखिएन । पिडामा बसेकाहरुलाई पूर्वाग्रहमा बिभेद गर्दा त्यसले सामाजिक जनविजननैं बिग्रन सक्छ भन्ने कुरालाई स्थानीय पालिकाका साथीहरुले बुझ्नु भएन । त्यो कुरालाई स्थानीय प्रशासनले पनि रोक्नु पर्दथ्यो त्यो पनि गरेको देखिएन । हामी चाहान्छौं राहत बितरण मनलाग्दी होइन, एकद्वार प्रणाली मार्फत गरिनु पर्छ, कटुवालले भन्नुभयो ।
सामाजिक सञ्जालमा ‘ज्याद्रो मान्छे’ !
विकासवादी नेताको पहिचान बनाएका एमाले नेता प्रदीप कटुवाललाई सिन्धुलीको पूर्वी क्षेत्रले मात्रै होइन यस पटक मध्यपहाडी र सुनकोशी क्षेत्रमा पनि त्यही पहिचानले चिनाएको छ । सुनकोशी र रोशीको बिनाशकारी कार्यपछि त्यस क्षेत्रमा बगाएको विपी राजमार्ग र सुनकोशीको बेलिब्रिज बनाउन सेनालाईनैं जिम्मा दिनुपर्छ भन्ने अभिव्यक्तिसँगै हाप फाइन्ट र सर्टमा बिहान ६ बजेदेखि बेलुका १० बजेसम्म फिल्डमा देखिने एमाले नेता कटुवाललाई सिन्धुलीवासीले मात्रै होइन सिंगो देशले ‘ज्याद्रो मान्छे’ का रुपमा चिनाएको छ ।
वाढी पहिरोमा सुनकोशीमा थुनिएका वागमती प्रदेश सरकारका कानून मन्त्री त्यस क्षेत्रका वासिन्दाको पिडा र रोदन नसुनी त्यसै फर्किए । तर त्यही क्षेत्रमा एउटा भूई मान्छे अर्थात बागमती प्रदेशका निर्वमान स्वास्थ्य मन्त्री आफ्ना नागरिकहरुको जीवन रक्षार्थ निरन्तर फिल्डमा खटिइरहेको देखिन्थ्यो, स्थानीय पत्रकार धनजंग थापाले भन्नुभयो ।
विकासवादी नेताका रुपमा सिन्धुलीको राजनीतिमा आफ्नो पहिचान बनाउनु भएका नेता कटुवाल तिहार अगाडि दुई तर्फी रुपमा ठूला सवारी साधन सञ्चालन हुनेगरी विपी राजमार्ग सञ्चालनमा आउने ठोकुवा गर्नुहुन्छ ।

प्रकाशित मिति : २०८१, २७ आश्विन आईतबार  २ : ४० बजे

कांग्रेसमा अराजकता होइन, विधान र जिम्मेवारीको शासन चाहिन्छ

नेपाली कांग्रेस आज आन्तरिक तनावको कठिन चरणमा छ। तर यो

कांग्रेस केन्द्रीय समिति बैठक दिउँसो १ बजे बस्ने, विशेष महाधिवेशन विवाद चुलिँदै

काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक मंगलबार दिउँसो १ बजेका

कांग्रेस विशेष महाधिवेशनको भविष्य बालुवाटार वार्तामा अड्कियो

काठमाडौं। नेपाली कांग्रेसको जारी विशेष महाधिवेशन र संस्थापन पक्षबीच बालुवाटारमा

नेपाल राष्ट्र बैंकले २५ अर्बको एक वर्षे ऋणपत्र जारी गर्ने

काठमाडौँ। नेपाल राष्ट्र बैंकले २५ अर्ब रुपैयाँ बराबरको एक वर्षे

देउवालाई किनारामा राखेर महाधिवेशन, एमाले त्यस्तो संस्कारको पार्टी होइन : सूर्य थापा

काठमाडौं । नेकपा (एमाले) का नेता सूर्य थापाले नेपाली कांग्रेसभित्र