२०८३, १९ आश्विन मंगलबार

भोटेकोशी बाढीले घरबारविहीन ८० परिवारलाई हिमालयन भ्याकेसनको राहत

भोटेकोशी बाढीले घरबारविहीन ८० परिवारलाई हिमालयन भ्याकेसनको राहत


रसुवा । भोटेकोशीको विनाशकारी बाढीले घरबार, सम्पत्ति र आफन्त गुमाएका रसुवाका ८० परिवारको संकटमा हिमालयन भ्याकेसन ट्रेक्स एन्ड एक्सपेडिसन (प्रा.) लि.ले राहतको हात बढाएको छ।

बाढीबाट प्रभावित आमाछोदिङ्मो गाउँपालिका–१ र नौकुण्ड गाउँपालिकाका ८० परिवारलाई कम्पनीले टेन्ट, दैनिक उपभोग्य सामग्रीसहित आवश्यक राहत सामग्री हस्तान्तरण गरेको हो। विनाशकारी बाढीपछि आश्रय र दैनिक गुजाराकै समस्या झेलिरहेका परिवारलाई लक्षित गर्दै कम्पनीले तत्काल आवश्यक सामग्री उपलब्ध गराएको जनाएको छ। घरबारविहीन अवस्थामा रहेका परिवारका लागि टेन्टले अस्थायी आश्रयको व्यवस्था गर्न सहयोग पुगेको छ भने दैनिक उपभोग्य सामग्रीले तत्कालीन आवश्यकता पूरा गर्न सहजता पुगेको छ।

हिमालयन भ्याकेसन ट्रेक्स एन्ड एक्सपेडिसनका अध्यक्ष पल्साङ तामाङले विपत्तिमा परेका नागरिकलाई सहयोग गर्नु मानवीय दायित्व भएको बताए। उनले राहतलाई सामान्य सहयोगका रूपमा नभई संकटको समयमा प्रभावित परिवारसँग उभिने मानवीय एकता र सामाजिक उत्तरदायित्वको प्रतिबद्धताका रूपमा लिएको बताए। राहत सामग्री पाएपछि प्रभावित स्थानीयले दाता तथा हिमालयन भ्याकेसन ट्रेक्स एन्ड एक्सपेडिसनप्रति धन्यवाद व्यक्त गरेका थिए। विपत्तिको समयमा प्राप्त सहयोगले आफूहरूलाई ठूलो राहत र हौसला मिलेको स्थानीयको भनाइ थियो।

भोटेकोशी बाढीबाट प्रभावित परिवारलाई तत्काल राहतसँगै पुनःस्थापना र दीर्घकालीन सहयोगको आवश्यकता अझै कायमै रहेको छ। यस्तो अवस्थामा निजी क्षेत्र तथा विभिन्न संघसंस्थाबाट प्राप्त सहयोगले पीडित परिवारको कठिनाइ कम गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : २०८३, १९ आश्विन मंगलबार  ११ : ५१ बजे

भोटेकोशी बाढीले घरबारविहीन ८० परिवारलाई हिमालयन भ्याकेसनको राहत

रसुवा । भोटेकोशीको विनाशकारी बाढीले घरबार, सम्पत्ति र आफन्त गुमाएका

कर्णालीको कम्युनिस्ट आन्दोलनको दस्तावेज सार्वजनिक हुँदै, बोगटीको पुस्तक असोज २१ मा लोकार्पण

काठमाडौं । कर्णालीमा कम्युनिस्ट आन्दोलन कसरी अघि बढ्यो, त्यसका आधार

कांग्रेसमा आज नेतृत्वको फैसला, सभापतिसहित केन्द्रीय पदमा निर्वाचन हुँदै (सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा आज नेतृत्व चयनका लागि

कांग्रेसको महाधिवेशन : आज उम्मेदवारी मनोनयनपत्र दर्तादेखि दोस्रो नामावली प्रकाशन हुने

काठमाडौं । कांग्रेसको १५औं महाधिवेशनको आज (मंगलबार) तेस्रो दिन पनि