२०८३, ४ जेष्ठ मंगलबार

सरकारले पर्यटन अनुकुल वातावरण बनाउन नसकेको मन्त्रीको गुनासो

सरकारले पर्यटन अनुकुल वातावरण बनाउन नसकेको मन्त्रीको गुनासो


काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले पर्यटन वर्षलाई सरकारले अनुकुल वातावरणमा बनाउन नसकेको बताएका छन् ।

शुक्रबार ज्वेलरी एक्सपो २०२४ को उद्घाटन गर्दै मन्त्री भण्डारीले नेपाल पर्यटनको  एउटा महत्वपूर्ण  गन्तव्य भएपनि सरकारले उच्च प्राथमिकताका साथ पर्यटन वर्षलाई मनाउन नसकेको बताएका हुन् । उनले भने, ‘नेपाल पर्यटनको एउटा महत्वपूर्ण गन्तव्य हो । यसमा सरकारले उच्च प्राथमिकताका साथ हरेक वर्षलाई पर्यटन वर्षको रुपमा मनाउने तर त्यसका लागि वातावरण अनुकुलन बनाउन सकेको छैन । यस्तो प्रतिकुलतालाई हामीले अनुकुलतामा बदल्न पर्नेछ । पर्यटनको गन्तव्य बनाउनुपर्ने छ । व्यवसायिकता, आइटी, ऊर्जा, एग्रिकल्चर क्षेत्रलाई सरकारले प्राथमिकतामा राखेर आन्तरिक र  बाह्य लगानीको वातावरण सिर्जना गर्न सरकार प्रयत्नशिल हुनुपर्छ ।

’ साथै उनले उत्पादन र उद्यमशिलता जस्ता हरेक कुराहरु सरकारको प्राथमिकतामा रहेको बताए । उनले नेपालका युवा र महिलाहरुको उद्यमशिलता र व्यवसायिकताको लागि नविकतम सोच र चिन्तनलाई सरकारले सम्बोधन गर्न खोजेको बताए ।

प्रकाशित मिति : २०८१, ११ आश्विन शुक्रबार  १ : ३५ बजे

विद्या भण्डारीको सदस्यता खुलाउने एमाले निर्णय, पार्टी राजनीतिमा सक्रियताको संकेत

काठमाडौं । नेकपा एमाले ले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी को

एमाले सचिवालय बैठकमा ११ एजेन्डा प्रवेश, संगठनदेखि सरकार समीक्षा सम्मको बहस

काठमाडौं । नेकपा एमाले को सचिवालय बैठकमा पार्टीको आन्तरिक व्यवस्थापनदेखि

स्कटल्याण्ड १९४ रनमा अलआउट, ललित–सन्दीपको घातक बलिङ, नेपाललाई १९५ रनको लक्ष्य

काठमाडौं । आईसीसी विश्वकप लिग–२ अन्तर्गत जारी खेलमा स्कटल्याण्ड १९४

सभामुखको अधिकार प्रयोगमाथि प्रश्न: एमाले सांसद राईको तीव्र आपत्ति, संसदमा नियमावली विवाद चर्कियो

काठमाडौं । नेकपा एमालेका सांसद मोहम्मद इश्तियाक राई ले सभामुखको