२०८१, २४ फाल्गुन शनिबार

आजको मौसम अपडेट : यी प्रदेशमा धेरै भारी वर्षाको सम्भावना सडक तथा हवाई यातायात सेवा प्रभावित हुनसक्ने

आजको मौसम अपडेट : यी प्रदेशमा धेरै भारी वर्षाको सम्भावना सडक तथा हवाई यातायात सेवा प्रभावित हुनसक्ने



काठमाडौं । देशका केही स्थानमा बिहानैदेखि वर्षा भइरहेको छ । देशभर साधारणदेखि पूर्णतया बदली हुँदा केही भू–भागमा वर्षा भइरहेको हो । आज बिहान कोसी, मधेस, लुम्बिनी र कर्णाली प्रदेशका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर साधारण बदलीदेखि पूर्णतया बदली रहनेछ । सबै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोसी, मधेस, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ । कोसी, मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना छ । तराई भू–भागका केही स्थानमा हावाहुरीको समेत सम्भावना रहेको छ ।
विभागले राति देशभर साधारण बदलीदेखि पूर्णतया बदली रहने बताएको छ । कोसी, वाग्मती, मधेस, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ । तराई भू–भागका केही स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको छ ।

धेरै भारी वर्षाको पनि सम्भावना रहेकाले गेग्रान बहाव, बाढी, पहिरो, सहरी तथा तराई क्षेत्रहरूमा डुबानको जोखिम रहेको विभागको भनाइ छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ । देशभर मनसुनी वायुको प्रभाव छ । बंगालको खाडीमा विकसित भएको न्यूनचापीय प्रणालीको पनि प्रभाव रहेको रहेको विभागले यसअघि नै बताइसकेको छ । जसका कारण भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको हो ।

प्रकाशित मिति : २०८१, १० आश्विन बिहीबार  ७ : ३८ बजे

देशको आर्थिक अवस्था सुखद छैन् गृहमन्त्री लेखक

काठमाडौं । गृहमन्त्री रमेश लेखकले पछिल्लो समय देशको आर्थिक अवस्था

साँखुमा स्कुल बस दुर्घटना : छ जनाकाे मृत्यु, ४० घाइते 

काठमाडौं: काठमाडौंको शंखरापुर नगरपालिका ५ स्थित साँखु–नगरकोट सडखण्डमा स्कुल बस

प्रचण्डको अभिव्यक्तिमा एमालेको आपत्ति

काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौँलाले नेकपा माओवादी

हामीले क्रान्तिका कुरा गर्यौं तर हुलाक सेवालाई परिवर्तन गर्न सकेनौं’

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुव्वा गुरुङले राजनीतिक

सशस्त्र प्रहरीको विपद् प्रतिकार्यका लागि ५३ औं टोली तयार

सप्तरी । विपद् व्यवस्थापन कार्यमा खटिँदै आएको सशस्त्र प्रहरी बल,