२०८३, १ आश्विन शुक्रबार

इंग्ल्याण्डविरुद्धको पहिलो टी–२० मा अष्ट्रेलिया २८ रनले विजयी

इंग्ल्याण्डविरुद्धको पहिलो टी–२० मा अष्ट्रेलिया २८ रनले विजयी


काठमाडौं । अष्ट्रेलियाले इंग्ल्यान्ड विरुद्धको पहिलो टी–२०आई खेलमा २८ रनको जित हासिल गरेको छ । साउथम्प्टनमा भएको खेलमा अष्ट्रेलियाले १८० रनको लक्ष्य दिएको थियो । जवाफमा इंग्ल्यान्ड १९.२ ओभरमा १५१ रनमा समेटियो ।

टस हारेर पहिला ब्याटिङ गरेको अष्ट्रेलियाले निर्धारित ओभरको ३ बल बाँकी हुँदा सबै विकेट गुमाएर १७९ रन बनाएको थियो ।

उसका लागि ट्राभिस हेडले ५९, म्याथ्यु सटले ४१ तथा जोस इंग्लिसले ३७ रनको पारि खेलेका थिए । यसैगरी क्यामरन ग्रीनले १३ तथा मार्कस स्टोइनिसले १० रनको योगदान दिए । इंग्ल्याण्डका लियाम लिभिङस्टोनले ३ विकेट लिँदा जोफ्रा आर्चर र सकिव महमुदले दुई÷दुई विकेट लिए । १८० रनको लक्ष्यसहित मैदान उत्रिएको इंग्ल्याण्डका खेलाडीहरु रन बनाउन निकै संघर्षरत देखिए ।

लियाम लिभिङस्टोनले बनाएको ३७ रन नै सर्वाधिक ठूलो बन्यो । यसैगरी कप्तान फिल साल्ट २०, साम करण १८, जोर्डन कोक्स १७, जेमि ओभर्टन १५ रनमा पभेलियन फर्किए । यसैगरी सकिव महमुदले १२ रन बनाए । अष्ट्रेलियाका सिन एबटले ३ विकेट लिँदा एडम जाम्पा र जोस हेजलवुडले दुई दुई विकेट लिए । जितसँगै अष्ट्रेलिया ३ खेलको टी–२०आई श्रृंखलामा १–० को अग्रता लिन सफल भएको छ ।

प्रकाशित मिति : २०८१, २७ भाद्र बिहीबार  ८ : ५५ बजे

सुनको भाउमा फेरि ठूलो उछाल, तोलामा ३ हजार ६ सय रुपैयाँ बढ्यो

काठमाडौ । नेपाली बजारमा सुनको मूल्यले फेरि ठूलो उछाल लिएको छ।

इरानी राष्ट्रपति पेजेस्कियानलाई अमेरिकाको भिसा, महासभामा सहभागी हुन न्यूयोर्क जाँदै

काठमाडौं। अमेरिका र इरानबीच तनाव चर्किरहेका बेला अमेरिकी सरकारले इरानी राष्ट्रपति मसुद

डेढ अर्बको हुण्डी कारोबार आरोपमा विराटनगरका दुई जना पक्राउ

विराटनगर । एक अर्ब ५७ करोड रुपैयाँभन्दा बढीको हुण्डी कारोबार गरेको

प्रधानमन्त्री बालेन हुन कि रवि लामिछाने हुन भन्नेमा कन्फूजन छ : गणेशबहादुर विश्वकर्मा

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका प्रतिनिधिसभा सदस्य गणेशबहादुर विश्वकर्माले वर्तमान

क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो : अजय विक्रम थापा

पछिल्लो समय नेपालमा क्यासिनोको संख्या बढ्दै छ, तर ठूला लगानी