२०८३, १३ श्रावण बिहीबार

प्रजातन्त्र कमजोर भयो भने तानासाही प्रवृत्ति हावी हुन्छ : सभापति देउवा

प्रजातन्त्र कमजोर भयो भने तानासाही प्रवृत्ति हावी हुन्छ : सभापति देउवा


काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले मुलुकमा प्रजातन्त्र कमजोर भयो भने तानासाही प्रबृत्ति हावी हुने बताएका छन । प्रजातान्त्रिक समाजवाद नहुँदा तानासाहहरु जन्मिने उनको भनाइ थियो ।

मंगलबार नेपाली कांग्रेसको पेशागत तथा वुद्धिजिवी विभागले आयोजना गरेको ‘बीपीको समाजवाद आजको सान्दर्भिकता’ विषयक विचार गोष्ठी कार्यक्रममा उनले प्रजातन्त्रसहितको समाजवाद आजको आवश्यक्ता भएको औंल्याए ।

‘प्रजातन्त्र कमजोर भयो भने त्यो तानासाहीवाद हुन्छ । प्रजातन्त्रलाई जोड्ने भनेको समाजवादले हो । त्यस कारण आजको सन्दर्भमा बीपी कोइरालाको समाजवादको सान्दर्भिकता छ,’उनले भने ।

सभापति देउवाले वीपी कोइरालाले योगदानको चर्चा गर्दै सर्वज्ञानी र समय अनुसार परिर्वतन हुनसक्ने नेताका रुपमा चित्रण गरे ।

‘नेपालमा उहाँ जस्तो साहित्यकार पाउनै गार्हो छ, उहाँको बारेका व्यापक अध्ययन हुन आवश्यक छ । उहाँले छोडेर जानु भएको प्रजातान्त्रिक पद्धती र समाजवादलगायतका धेरै कुराहरुलाई अध्ययन गरेर भोलिका दिनमा कांग्रेसलाई वीपीको विचारको आधारमा अगाडि बढाउनुपर्छ,’ उनले भने ।

कार्यक्रममा कांग्रेस महामन्त्री गगन थापा, नेपाली कांग्रेसको पेशागत तथा वुद्धिजिवी विभागकी प्रमुख डा. डिला संग्रौलालगयत बीपीको विचार र आजको सन्दर्भमाथि धारणा राखेका थिए ।

प्रकाशित मिति : २०८१, २५ भाद्र मंगलबार  ७ : ५३ बजे

सिरहा तनावग्रस्त : झडपका घाइते धरान रिफर, कर्फ्युबीच आगजनी र प्रहरीको गोली चल्यो

सिरहा। सिरहामा दुई समुदायबीच भएको झडपपछि अवस्था तनावपूर्ण बनेको छ।

सर्वदलीय बैठकपछि रवि लामिछाने शीतल निवासमा, राष्ट्रपतिलाई सुनसरी घटनाबारे जानकारी

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने सर्वदलीय बैठक

रविको आह्वानमा सर्वदलीय बैठक सुरु

काठमाडौं। सुनसरीमा भएको घटनापछि उत्पन्न राजनीतिक तथा सामाजिक परिस्थितिबारे साझा

सरकार संकटमा ? सुनसरी घटनाबारे सर्वदलीय बैठकमा प्रधानमन्त्री र गृहमन्त्री नै अनुपस्थित

काठमाडौं। सुनसरीमा भएको दुःखद घटनापछि देशभर चर्किएको जनआक्रोश र तराई–मधेशमा

व्यवसायी शेखर गोल्छा एक करोड रुपैयाँ धरौटीमा रिहा

काठमाडौं । व्यवसायी शेखर गोल्छा बीमा तथा धितोपत्रसम्बन्धी कसुरको मुद्दामा