२०८३, २९ असार मंगलबार

भृकुटीमण्डपमा विद्युतीय अन्तर्राष्ट्रिय प्रदर्शनी सुरु

भृकुटीमण्डपमा विद्युतीय अन्तर्राष्ट्रिय प्रदर्शनी सुरु


काठमाडौ । काठमाडौँमा ‘तेस्रो नेपाल पावर, लाइट एण्ड इलेक्ट्रिक तथा नेपाल कन्जुमर इलेक्ट्रोनिक्स एंड होम अप्लायन्सेस’ अन्तराष्ट्रिय प्रदर्शनी सुरु भएको छ ।

शुक्रबार काठमाडौँको भृकुटीमण्डपमा मिडिया स्पेस सोलुसनस, फ्युचरेक्स ट्रेड फेर एण्ड इवेंट्स तथा एक्जीबीसन एन्ड ट्रेड सर्विसेस इन्डिया प्रालिले संयुक्त आयोजना गरेको एक्स्पो २३ गतेसम्म सञ्चालन हुनेछ ।
एक्स्पोको उदघाटन गर्दै उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दिपक खड्काले अबको १० वर्षमा २८ हजार पाँच सय मेघावट विद्युत उतपादन गर्ने र आन्तरिक खपत बढाउने सरकारको लक्ष्यमा यस्तो किसिमको विद्युतिय अन्तराष्ट्रिय प्रदर्शनीले महत्वपूर्ण सहयोग पुग्ने बताए । नेपालमा महिलाहरुले मूलुकलाई विकास गर्न सहयोग गर्ने समय घरमा धेरै खर्च गर्नुपर्ने समया पनि यस्तो प्रर्दशनीबाट समाधान हुने उनको भनाई छ ।
उनले भने,‘हामी २८ हजार पाँच सय मेघावट विद्युत अबको १० वर्षमा उत्पादन गर्ने २० हजार मेघावट विक्री गर्ने र आन्तरिक खपत बढाउने प्रयत्नमा छौं । त्यसमा यस्ता इलेक्ट्रोनिक, घरायसी उपभोग्य वस्तुहरुले आन्तरिक खपत बढाउन सहयोग पुग्छ । नेपालमा महिलाहरुले घरमा धेरै समय विताउनुपर्ने अवस्था छ । मूलुकलाई विकास गर्न सहयोग गर्ने समय त्यहाँ खर्च गुर्नपर्ने विषयलाई पनि यसले छोटो बनाएर सहयोग गर्छ ।’


प्रर्दशनीमा स्वदेशी तथा विदेशी कम्पनीहरुका १५० भन्दा बढी स्टलहरु रहेका छन् । प्रदर्शनीमा उच्च गुणस्तरका अत्याधुनिक एवं नवीनतम प्रविधिका ट्रान्समिसन तथा डिष्ट्रिव्यूसन सामाग्री, उर्जा आपूर्ति तथा नियन्त्रण यन्त्र, हाउस वायरिङं सामाग्री, वायर, केबुल एवं कण्डक्टर, अत्याधुनीक प्रकारका स्वीचहरु, एलइडी लाइटिङ्ग, इलेक्ट्रोनिक्स उपकरण, घरेलु विद्युतीय उपकरणहरू, चारजिङ्ग स्टेशन, ब्याट्री, कार्यालय प्रविधि तथा अन्य विद्युतीय सामग्रीका कम्पनीहरुको सहभागिता रहेको आयोजकले जनाएका छन् ।

विद्युतीय उपकरणहरुलाई प्रबर्धन तथा प्रोत्साहन गर्ने, विद्युत् तथा गुणस्तरीय विद्युतीय सामाग्रीहरुको व्यवसाय विकास एवं यस क्षेत्रसँग आवद्ध आन्तरिक र अन्तर्राष्ट्रिय व्यापारको सहजीकरण लागि प्रदर्शनी आयोजना गर्न लागिएको हो ।
उर्जा जलस्रोत तथा सिंचाई मन्त्री दिपक खड्काको प्रमुख आतिथ्यथामा, तेस्रो नेपाल पावर, लाइट एण्ड इलेक्ट्रिक अन्तराष्ट्रिय प्रदर्शनीको समुद्घाटन समारोह

प्रकाशित मिति : २०८१, २१ भाद्र शुक्रबार  ४ : ३४ बजे

नेपाल वायुसेवा निगममा नयाँ कार्यकारी नेतृत्व, महेश्वरभक्त श्रेष्ठलाई दोहोरो जिम्मेवारी

काठमाडौं । नेपाल वायुसेवा निगम (नेवानी) ले नयाँ कार्यकारी नेतृत्व

गणेश प्रकरणपछि सडकमा फर्कियो महानगर प्रहरी, ‘सेवा रोकिँदैन’ भन्दै एसएसपी जोशीको सन्देश

काठमाडौं । गणेश नेपालीको मृत्यु प्रकरणपछि केही दिन सडकबाट लगभग

सरकारी विज्ञापनमा एकाधिकार असंवैधानिक, सर्वोच्चले सरकारको निर्णय बदर गर्‍यो

काठमाडौं । सर्वोच्च अदालतले सरकारी विज्ञापन सरकारी स्वामित्वका सञ्चारमाध्यममा मात्रै

सरकारको कर्मचारी कटौती नीति विरुद्ध विद्रोह, अर्थ मन्त्रालय घेराउ

काठमाडौं । अस्थायी र करारका कर्मचारी हटाउने सरकारको तयारीविरुद्ध आन्दोलन

प्रतिनिधिसभाबाट दुई विधेयक समितिमा, दफावार छलफल अघि बढ्ने

काठमाडौ । प्रतिनिधिसभाले दुई महत्वपूर्ण विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित