२०८३, २३ भाद्र बुधबार

मौसम पूर्वानुमान : यी चार प्रदेशमा भारी वर्षा हुने

मौसम पूर्वानुमान : यी चार प्रदेशमा भारी वर्षा हुने


काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा पश्चिमतिर सरदर स्थानको आसपास र पूर्वतिर सरदर स्थानको दक्षिणतिर अवस्थित छ ।

हाल देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरू र बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन सहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । काठमाडौं उपत्यकामा पनि बिहीबार रातिदेखि नै वर्षात् भइरहेको छ । दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। देशका पहाडी भू–भागका केही स्थानहरूमा मेघ गर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना र बाँकी भू–भागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। देशका पहाडी भू–भागका केही स्थानहरूमा मेघ गर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना र बाँकी भू–भागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती र गण्डकी प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले नियमित बुलेटिमार्फत जानकारी दिएको छ ।

प्रकाशित मिति : २०८१, २१ भाद्र शुक्रबार  ८ : १५ बजे

सालिक बनाएर मात्र शहीदको सम्मान हुँदैन : हिरामान लामा

काठमाडौं । प्रेस चौतारी नेपालका महासचिव हिरामान लामाले जेन–जी आन्दोलनका

‘देश जलाएर सत्ताको कुर्सीमा मुस्कुराउनेहरूलाई इतिहासले माफ गर्दैन’ : निरज आचार्य

काठमाडौं ।  नेकपा एमालेका प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज

भदौ २४ मा देश जलाउनेहरू जेनजी होइनन्, राष्ट्रका दुश्मन हुन् : विष्णु रिजाल

काठमाडौं । नेकपा एमालेका नेता विष्णु रिजालले २०८२ साल भदौ २४

अनुहार नमिलेपछि जेनजी सहिदको शालिक उद्घाटन स्थगित (तस्बिरहरू)

काठमाडौं । सातदोबाटोस्थित सहिद पार्कमा निर्माण गरिएको जेनजी सहिदको शालिकको अनुहार