२०८३, ८ कार्तिक आईतबार

ताँदी घ्याङफेदी जलविद्युत् आयोजनाको पीपीए सम्पन्न

ताँदी घ्याङफेदी जलविद्युत् आयोजनाको पीपीए सम्पन्न


काठमाडौं । एबीपी इनर्जी प्रालिले प्रवर्द्धन गर्न लागेको तादी घ्याङफेदी हाइड्रोपावरको विद्युत खरिद बिक्री सम्झौता पीपीए सम्पन्न भएको छ ।

नेपाल विद्युत प्राधिकरण र एबीपी इनर्जीबीच सोमबार पीपीएमा हस्ताक्षर भएको हो । प्रस्तावित जलविद्युत आयोजना नुवाकोटको दुप्चेश्वर गाउँपालिका(१ मा निर्माण हुनेछ ।

यो आयोजनाको सबै खालको अध्ययन पूरा भएको छ । यो जलविद्युत् आयोजनाको विस्तृत अध्ययन प्रतिवेदन ९डीपीआर० २०८० बैशाखमा तयार भएको हो । यो ८ मेगावाट जडित क्षमता भएको परियोजना हो । प्रस्तावित जलविद्युत् आयोजनाको ग्रस हेड ४४६ मिटर रहेको छ ।

यो जलविद्युत आयोजनाका लागि २२८१.३६ मिटर हेडरेस पाइप राखिनेछ । १६३२.०८ मिटर पेनस्टक पाइप निर्माण गरिनेछ । उत्पादित विद्युत् ३३ केभी सिंगल सर्किटको १० किमी प्रसारणलाइन निर्माण गरेर समुन्द्रटार सबस्टेसनमा जोडिनेछ ।

यो जलविद्युत आयोजनाको प्रतिमेगावाट लागत २० करोड ५ लाख रुपैयाँ रहेको छ । आगामी असोज २९ गतेबाट निर्माण थाल्ने योजना छ । २०८४ बैशाख मसान्तमा व्यवसायिक उत्पादनको लक्ष्य छ ।

यो जलविद्युत् आयोजनामा पूर्णलाल श्रेष्ठ, बलराम खतिवडा, अस्कर अली लगायतको लगानी रहेको छ । बलराम खतिवडा इप्पानका महासचिव हुन् । अस्कर अली यसअघि केपी शर्मा ओली प्रधानमन्त्री हुदाँ उनको सूचना प्रविधि आईटी विज्ञका रुपमा नियुक्त भएका थिए ।

प्रकाशित मिति : २०८१, १७ भाद्र सोमबार  १० : १७ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना