२०८३, २९ जेष्ठ शनिबार

डब्लुडब्लुजेको अध्यक्षमा रामकला खड्का चयन

डब्लुडब्लुजेको अध्यक्षमा रामकला खड्का चयन


काठमाडौं । क्रियाशील पत्रकार महिला संघ (डब्लुडब्लुजे)को अध्यक्षमा रामकला खड्का चयन भएकी छिन् ।

शनिबार काठमाडौँमा सम्पन्न डब्लुडब्लुजेको १२औँ वार्षिक साधारणसभा तथा सातौँ अधिवेशनबाट खड्काको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको हो । समितिको उपाध्यक्षमा चन्दा विष्ट, महासचिवमा रमिता लामा, सचिवमा रुक्मिणी पोखरेल र कोषाध्यक्षमा दिपा आले चयन भएका हुन् ।

यस्तैगरी सदस्यमा संगीता लामा तथा सदस्यहरूमा अमिला राजथला, सोनी शर्मा, शोभा मानन्धर, सीता विक। रुपा खड्का, लक्ष्मी बस्नेत चयन भएका हुन्। साधारणसभा तथा अधिवेशनको प्रमुख अतिथि बागमती प्रदेशका सामाजिक विकासमन्त्री हरिप्रभा खड्गी  थिइन् । उदघाटन सत्रको अध्यक्षता डब्लुडब्लुकेकी अध्यक्ष निर्मला आचार्यले गरेकी हुन् ।

समारोहमा न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष सङ्गीता खड्का, नेपाल पत्रकार महासंघका प्रतिनिधि सृजना अर्याल, वरिष्ठ पत्रकार बबिता बस्नेत, निर्मला शर्मा, सन्चारिका समुहकी अध्यक्ष विमला तुम्खेवालगायतको उपस्थित रहेको थियो।

प्रकाशित मिति : २०८१, १६ भाद्र आईतबार  ३ : २९ बजे

दलित उत्पीडित आन्दोलन सशक्त बनाउन कोशी प्रदेश तदर्थ समिति गठन

काठमाडौं । नेपाल दलित उत्पीडित केन्द्र कोशी प्रदेश समन्वय सम्पर्क

रोपाइँको मुखमा किसानलाई मल–बीउ उपलब्ध गराउन एमालेको माग

काठमाडौं । नेकपा एमाले बागमती प्रदेश कमिटीले धान रोपाइँ तथा

सीमादेखि संसदसम्म सरकार विवादमा, प्रधानमन्त्रीको अभिव्यक्ति सच्याउन एमालेको चेतावनी

काठमाडौं । नेकपा एमालेले राष्ट्रिय स्वाधीनता, श्रमिक अधिकार र लोकतान्त्रिक

बजेट छेडखानी प्रकरणमा एमालेको चुनौती : ‘दूधको दूध, पानीको पानी गर्न तयार छौँ’

काठमाडौं । नेकपा एमालेका सांसद गुरु बराल ले अर्थमन्त्री स्वर्णिम

प्रधानमन्त्रीको मौनता र अर्थमन्त्रीको धम्कीमाथि : केसीको आक्रोश

काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसी ले संसद्प्रति सरकारको