२०८३, ५ आश्विन मंगलबार

नीजि क्षेत्रले गुनासोबाट बाहिर निस्किनुपर्छ : अर्थमन्त्री

नीजि क्षेत्रले गुनासोबाट बाहिर निस्किनुपर्छ : अर्थमन्त्री


काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले वर्तमान सरकार नीजि क्षेत्रको समस्या सुन्न र समाधान गर्न तयार रहेको बताएका छन् ।

आइतबार नेपाल आर्थिक पत्रकार समाजको २६ औं वार्षिक साधारणसभामा उनले सरकारले गरेको सम्बोधन नपुगेको हो भने अझै सम्बोधन गर्न तयार रहेको भन्दै नीजि क्षेत्र अब गुनासोको तहबाट बाहिर आएर लगानी, उत्पादनको क्षेत्रमा लाग्नु पर्ने बताए । उनले भने, ‘अर्थतन्त्रलाई चलायमान बनाउनका लागि सरकारले सशक्त रुपमा कामहरु अगाडि बढाउन तयार छ । नीजि क्षेत्रले पनि यसमा भूमिका खेल्नसक्छ ।

अब नीजि क्षेत्रले गुनासोबाट बाहिर निस्किनु पर्छ । सरकारले नसुनेको थियो भने, समस्या समाधान नगर्ने थियो भने गुनासो गर्नु स्वभाविक हुन्थ्यो होला । तर अब सरकार सुन्न र समस्याको समाधान गर्न तयार छ । गुनासोको तहबाट बाहिर आएर लगानी र उत्पादनको क्षेत्रमा योगदान गर्नको लागि उत्प्रेरित गर्नुपर्छ ।’

यस्तै, उनले अहिले अर्थतन्त्र दबाबमै रहेको र उपभोक्ताहरुमा निराशा नै रहेको भन्दै यस्तो अवस्था राजनीतिक र नीतिगत स्थायित्वको सन्देश दिने उद्देश्यका साथ सरकार बनेको बताए ।

प्रकाशित मिति : २०८१, १६ भाद्र आईतबार  १ : ३२ बजे

बसमा आगलागी : मृतकको पहिचान खोज्दै प्रहरी, आफन्त अझै सम्पर्कमा आएनन्

काठमाडौं । त्रिपुरेश्वरमा सोमबार बसमा आगलागी हुँदा जलेर मृत्यु भएका

मुगुमा आयोडिनयुक्त नुनको ढुवानी र भण्डारण

मुगु । मुगुको सदरमुकाम गमगढीमा स्थलमार्गबाट ल्याइएको आयोडिनयुक्त नुन गोदाममा

भोटेकोशी बाढी अपडेट : १ हजार ४५१ जनाको शव फेला

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण मंगलबार बिहान

भोटेकोशी–त्रिशूली बाढीबाट पर्यटन क्षेत्रमा ५२ अर्ब ६७ करोडको क्षति भएको प्रतिवेदन पेश 

काठमाडौं । भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढी र त्यसपछिको