२०८३, २१ भाद्र सोमबार

मोरङमा शिक्षकको कुटपिटबाट विद्यार्थी घाइते, प्रहरीमा उजुरी

मोरङमा शिक्षकको कुटपिटबाट विद्यार्थी घाइते, प्रहरीमा उजुरी


मोरङ । जहदा गाउँपालिका-२ डंग्राहामझारे, ग्रामबाबा टोलका आठ वर्षीय बालक सत्यमकुमार साह शिक्षकको कुटपिटबाट घाइते हुनु भएको छ ।

जहदा गाउँपालिका(२ स्थित चन्द्रसूर्य वोर्डिङ स्कुलमा पढ्दै गरेका बालकलाई सोही विद्यालयका २६ वर्षीय शिक्षक राजन साहले भदौ १० गते लाठ्ठीले टाउकामा हिर्काएर घाइते बनाएको पीडित पक्षको आरोप छ ।

जहदा गाउँपालिका -२ हात्तीबन्द घर भएका शिक्षकले छोराको लाठ्ठीले हिर्काएर टाउको फुटाइ दिएको बालकका बाबु श्यामप्रित साहले बताउनु भयो । विद्यालयबाट ०८१ भदौ १० गते छोरो घर आउँदा टाउकोभरि रगत देखिएको र सोधपुछ गर्दा शिक्षक साहले लाठीले टाउकामा हिर्काएर टाउको फुटाइदिएको बताएपछि घटना सार्वजनिक भएको बाबु श्यामप्रित साहले बताउनु भयो ।

यसअघि पनि शिक्षक साहले विद्यार्थीलाई टाउकामा हिर्काउने, गोडा भाँचिदिएको बालकका बाबु श्यामप्रित साहले बताउनु भयो । घटनाका आरोपितविरूद्ध पीडित पक्षले भदौ १० गते प्रहरी चौकी, मझारेमा उजुरी दिएको छ ।

विद्यार्थी कुटपिट गरेको आरोपमा विद्यालयका शिक्षकलाई अभिभावकले आक्रमणको प्रयास गरेको भन्दै विद्यालयका प्रिन्सिपल सन्तोषकुमार साहले शिक्षकको ज्यानको सुरक्षाको माग गर्दै भदौ १० गते प्रहरी चौकी, मझारेमा उजुरी दिनु भएको छ ।

घाइते बालकको भदौ १० गते स्थानीय स्वास्थ्य संस्थामा उपचार गरिएको छ । दुवै पक्षबिच प्रहरीमा उजुरी परेपछि घटनाका विषयमा अनुसन्धान गरिने प्रहरीले जनाएको छ । नेपालको संविधानले धारा ३९ मा बालबालिकाको हकको व्यवस्था गरेको छ ।

सोही धाराको उपधारा ७ मा कुनै पनि बालबालिकालाई घर, विद्यालय वा अन्य जुनसुकै स्थान र अवस्थामा शारिरीक, मानसिक वा अन्य कुनै किसिमको यातना दिन पाइने छैन भनि उल्लेख गरिएको छ ।

ईन्सेक अनलाईनबाट

प्रकाशित मिति : २०८१, ११ भाद्र मंगलबार  १० : २७ बजे

प्रवासी नेपाली मञ्च युरोपको नेतृत्वमा शालिक थपलिया, यस्तो बन्यो नयाँ टिम

प्रवासी नेपाली मञ्च युरोपको पहिलो अधिवेशन सम्पन्न, उपाध्यक्षमा विनोद न्यौपाने

नबिल बैंकका शेयरधनीलाई १५.८० प्रतिशत लाभांश, बोनसले बढाउँदैछ पुँजी

काठमाडौं । नबिल बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को वितरणयोग्य

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर

भोटेकोशी बाढीका मृतकको सम्मानमा आज राष्ट्रिय शोक, झण्डा आधा झुकाइने

काठमाडौं,। रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएकाहरूको