२०८३, १९ श्रावण बुधबार

नेकपा एसमा सर्वसम्मतको प्रयास असफल : भोलि मतदान

नेकपा एसमा सर्वसम्मतको प्रयास असफल : भोलि मतदान


काठमाडौं । नेकपा एकीकृत समाजवादीले पदाधिकारी र पोलिष्टब्युरो कमिटी चयन गर्न निर्वाचन गर्ने भएको छ ।सोमबार बसेको केन्द्रीय कमिटीको बैठकले पदाधिकारी चयन गर्न चुनाव गर्ने निर्णय गरेको छ । सहमतिबाट पदाधिकारी चयन गर्न कोशिस गरिए पनि सफल नभएपछि चुनावमा जाने निर्णय भएको छ ।

पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले १८ पदाधिकारीसहित पोलिटब्युरो सदस्यका लागि निर्वाचनमा जाने तयारी भएको जानकारी दिए । जसअनुसार मंगलबार दिउँसो २ बजेदेखि निर्वाचन हुने भएको छ । त्यसअघि बिहान ७ देखि साढे ७ बजेसम्म मनोनयन दर्ता भइ दिउँसो १२ देखि १ बजेसम्म उम्मेदवारको अन्तिम नामवली प्रकाशन हुनेछ ।

चुनावबाट वरिष्ठसहित ७ जना उपाध्यक्ष, ४ जना उपमहासचिव र ७ जना सचिव चयन हुनेछन् । एकीकृत समाजवादीको विधानअनुसार केन्द्रीय समितिको एकतिहाइ पोलिटब्युरो, पोलिटब्युरोको एकतिहाइ स्थायी कमिटी र २१ सदस्यीय पदाधिकारी रहने प्रावधान छ । असार १६–२० गतेसम्म काठमाण्डुमा पार्टीको १०औं राष्ट्रिय महाधिवेशन भएर पदाधिकारी चयन बाँकी थियो । महाधिवेशनले अध्यक्षमा माधवकुमार नेपाल, सम्मानित नेतामा झलनाथ खनाल र महासचिवमा घनश्याम भुसाललाई चयन गरेको थियो ।

प्रकाशित मिति : २०८१, १० भाद्र सोमबार  ७ : २८ बजे

‘दोहोरो मापदण्ड बन्द गर, कि माफी माग कि राजीनामा देउ’: सरकारमाथि शंकर पोखरेलको कडा प्रहार

काठमाडौँ। नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले वर्तमान सरकारको दोहोरो

लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा याङ्की उक्याव नियुक्त

काठमाडौं । सरकारले लगानी बोर्ड नेपालको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा

मन्त्रिपरिषद्का ७ निर्णय सार्वजनिक, लगानी बोर्डको सीईओमा याङ्की उक्याब नियुक्त

काठमाडौं । सरकारले मन्त्रिपरिषद् बैठकका सात महत्वपूर्ण निर्णय सार्वजनिक गरेको

रेडक्रसका ६२ जिल्ला शाखालाई २१ दिनभित्र बक्यौता बुझाउन निर्देशन

काठमाडौं । नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयले ६२ वटा जिल्ला