२०८३, ३० जेष्ठ आईतबार

‘स्वच्छ वातावरणका लागि समन्वय हुनुपर्छ’:अध्यक्ष शर्मा

‘स्वच्छ वातावरणका लागि समन्वय हुनुपर्छ’:अध्यक्ष शर्मा


काठमाडौँ, २४ भदौ : राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले फोहोरमैला व्यवस्थापन एवम् वातावरण संरक्षणका लागि संघीय, प्रदेश र स्थानीय सरकारबीच समन्वय हुनुपर्नेमा जोड दिनुभएको छ । देशका विभिन्न भागमा सरसफाइ तथा स्वच्छ वातावरणको समस्याका कारण सर्वसाधारणको स्वास्थ्यमा पर्न गएको असरबारेको छलफलमा आज उहाँले वातावरण संरक्षणमा राज्यका सबै संयन्त्रहरुबीच समन्वय हुनुपर्छ भन्नुभयो ।

आयोगका सदस्य सुदीप पाठकले रसायनयुक्त सङ्क्रमित र साधारण फोहोरमैला व्यवस्थापन एवं फोहोरको विसर्जन स्थलमा देखिएको समस्याले मानवजीवन जोखिम सिर्जना गरेको बताउनुभयो । संविधानद्वारा प्रदत्त स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाउने मौलिकहकको कार्यान्वय पक्ष कमजोरी र सरोकारवाला निकायबीच समन्वयको अभावलाई निराकरण गर्दै वातावरण संरक्षणमा सरोकारवाला निकाय संवेदनशील हुनुपर्नेमा सहभागीहरुको जोड थियो ।

छलफलमा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति, काठमाडाँै महानगरपालिकाका उपप्रमुख हरिप्रभा खड्गी, ललितपुर महानगरपालिकाका उपप्रमख गीता सत्याल, वन तथा वातावरण मन्त्रालयका सहसचिव चन्द्रमान डङ्गोल, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव पुरूषोत्तम नेपाल, आयोगका निमित्त सचिव मुरारीप्रसाद खरेल, प्रहरी नायब महानिरीक्षक मनोज न्यौपाने, प्रहरी वरिष्ठ उपरीक्षक बसन्त पन्त, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपसचिव लक्ष्मीप्रसाद गौतमको उपस्थिति थियो ।
-रासस

प्रकाशित मिति : २०७५, २४ भाद्र आईतबार  ७ : ५६ बजे

विराटनगरमा कांग्रेस इतर समूहको शक्ति प्रदर्शन : कोइराला–सिटौला–गच्छदार एकै मञ्चमा

विराटनगर । नेपाली कांग्रेसको संस्थापन इतर समूहले विराटनगरमा शक्ति प्रदर्शनसहित

स्थानीय र प्रदेश निर्वाचन लक्षित गर्दै एमालेको देशव्यापी ‘मिसन जागरण’ सुरु

काठमाडौँ । नेकपा एमालेले आगामी स्थानीय तह र प्रदेशसभा निर्वाचनलाई

दलित उत्पीडित आन्दोलन सशक्त बनाउन कोशी प्रदेश तदर्थ समिति गठन

काठमाडौं । नेपाल दलित उत्पीडित केन्द्र कोशी प्रदेश समन्वय सम्पर्क

रोपाइँको मुखमा किसानलाई मल–बीउ उपलब्ध गराउन एमालेको माग

काठमाडौं । नेकपा एमाले बागमती प्रदेश कमिटीले धान रोपाइँ तथा

सीमादेखि संसदसम्म सरकार विवादमा, प्रधानमन्त्रीको अभिव्यक्ति सच्याउन एमालेको चेतावनी

काठमाडौं । नेकपा एमालेले राष्ट्रिय स्वाधीनता, श्रमिक अधिकार र लोकतान्त्रिक