२०८३, २ भाद्र बुधबार

वर्तमान सरकार प्रेस स्वतन्त्रतामाथि कठोर बन्ने पक्षमा सरकार छैन : सञ्चारमन्त्री गुरुङ

वर्तमान सरकार प्रेस स्वतन्त्रतामाथि कठोर बन्ने पक्षमा सरकार छैन : सञ्चारमन्त्री गुरुङ


काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकार प्रेस स्वतन्त्रतालाई नियन्त्रण गर्ने पक्षमा नरहेको बताउनुभएको छ। सोमबार बसेको विधायन व्यवस्थापन समितिको बैठकमा बोल्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो।

मन्त्री गुरुङले प्रेस स्वतन्त्रतामाथि कठोर बन्ने पक्षमा सरकार नरहेको भन्नुहुँदै सरकारले नियमन मात्रै गर्न खोजेको जानकारी दिनुभयो। उहाँले प्रेसको नियमन पनि मन्त्रालयका निकायबाट नभइ स्वायत्त छुट्टै निकाय बनाइने बताउनुभयो। उहाँले नियमन, स्वनियमन, सम्वर्द्धन, प्रवर्द्धन स्वायत्त निकायबाट हुनेगरी व्यवस्था मिलाउने बताउनुभयो।

‘प्रेस फ्रिडममाथि मन्त्रालयले केही कठोर बन्न खोजेको हो की भन्ने शङ्का तपाईंहरुलाई लाग्छ भने म अनुरोध गर्न चाहन्छु, हामी सबै एकै ठाउँबाट नै आएका छौँ । हामी सबै जना प्रेस फ्रिडम वा प्रेस स्वतन्त्रतामाथिको विश्वास छ। हामी शतप्रतिशत प्रेस स्वतन्त्रताको पक्षमा छौँ ।’ मन्त्री गुरुङले भन्नुभयो, ‘’त्यसैले हाम्रो नियतमा कुनै त्यस्तो प्रश्न नउठाउनु होला। हामी सबै प्रतिवद्धता जाहेर गरेर आएको हो। प्रेसलाई नियमन गरौँ न भनेको हो । नियमन पनि मन्त्रालयले नगर्ने, मन्त्रालयको विभागले नगर्ने, एउटा अलग्गै स्वायत्त संस्था खोलेर त्यसबाट गरौँ। नियमन, स्वनियमन, सम्वर्द्धन, प्रवर्द्धन सबै त्यसैले गरोस् । सरकार, मन्त्रालय प्रेस स्वतन्त्रताप्रति पूर्ण प्रतिवद्ध छ।’

प्रकाशित मिति : २०८१, १४ श्रावण सोमबार  १० : ०६ बजे

वागमती प्रदेशमा एमाले नेतृत्वमा नयाँ सरकार गठनका लागि दाबी पेश बिहिबार मुख्यमन्त्रीको सपथ

====================================== सहमती लगत्तै आजै एमाले नेता किरण थापा मगरले वागमती

रास्वपाभित्र सांसदको भूमिकामाथि बहस, रविले बोलाए मन्त्री र सांसद

काठमाडौं । संसद्मा पार्टीका सांसदको प्रस्तुति र सरकारसँगको सम्बन्धलाई लिएर

नेपाल भित्रियो शक्तिशाली विद्युतीय एसयूभी एम हिरो, नाडा अटो शोमा सार्वजनिक हुँदै

काठमाडौं । चिनियाँ अटो निर्माता डोङफेङले उत्पादन गरेको शक्तिशाली विद्युतीय

जुकरबर्गले मुद्दा हारे फेसबुक र इन्स्टाग्राममा ठूलो परिवर्तन हुनसक्ने

काठमाडौँ । मेटाविरुद्ध अमेरिकाका ३० राज्यले दायर गरेको मुद्दाको सुनुवाइ

आज देशभर वर्षाको सम्भावना, पाँच प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको चेतावनी

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज अधिकांश